राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिषर सरसफाई

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिषर सरसफाई गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र र राप्ती कल्वको आयोजना सरसफाई गरिएको हो । सामुदायिक प्रहरी, वडा प्रहरी घोराही उप–महानगरपालिका वडा नं. १४ र १५ अध्यक्ष तथा वडा सदस्यहरुको सहभागितामा सरसफाई गरिएको हो ।

Buddha International Hospital

घोराही उप–महानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्ने उदेश्यका साथ सरससफाई गरिएको घोराही उप–महानगरपालिका विपत्त व्यवस्थापन समितिका संयोजक तथा वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

Advertise with us

 

प्रत्येक व्यक्तिले आफ्ना आनिवानी परिर्वतन गरे पूर्ण सरसफाई युक्त नगरबनाउँन सकिने भन्दै त्यसका लागि सबै नगरवासीको भुमिका महत्वपूर्ण हुने वताउँनुभयो । घरको फोहर टिप्न पनि नगरपालिका आउँने अबस्थाको सिर्जना भएको बताउँदै त्यसका लागि सबै आफ्नो घरको फोहर आफैले विर्सजन गर्ने वातावरण तयारी पार्नु पर्ने बताउँनुभयो । सरसफाई प्रहरी लगाएर गर्ने काम नभएको भन्दै त्यसले अभियानको मात्र सुरुवात गर्ने बताउँनुभयो ।

त्यस अबवसरमा घोराही उप–महानगरपालिका डा नं. १५ का अध्यक्ष रमेश पाण्डे,वडा प्रहरी कार्यालयका प्रमुख शशी शर्मा, वडा नं. १४ सदस्य लक्षुमन वुढा, नैना चौधरी, विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।