लमहीमा मसाज सेन्टर

शिवु खनाल

देउखुरी, २२ साउन लमहीमा मसाज सेन्टरकाे स्थापना गरिएकाे छ । बुधवार लमहीकाे राताेडाडमा एस.के मसाज एण्ड थेरापि सेन्टरकाे स्थापना गरिएकाे हाे ।

देउखुरी उद्याेग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले लमहीकाे राताेडाडामा एस.के मसाज एण्ड थेरापि सेन्टरकाे उदघाटन गर्नु भएकाे हाे । याे देउखुरीमा पहिलाे पटक स्थापना भएकाे छ । २५ लाखकाे लागतमा एस .के मसाज एण्ड थेरापि सेन्टरलाई संचालनमा ल्याएकाे संचालक बिमल नेपालीले बताउनुभयाे ।

मसाज सेन्टरमा माेटाेपन, प्रेसर, सुगर, युरिकएसिड, प्यारालाईसिस, माईग्रेन, ग्यास्टिक तथा सम्पूर्ण नसा सम्बन्धि समस्याहरुलाई dds (direct ditoxification system काे माध्यमबाट थेरापि गरिने संचालक नेपालीले बताउनुभयाे ।