जिससद्धारा पेश्की फच्यौटमा कडाइ

Advertise with us

दाङ, मसिर । जिल्ला समन्वय समिति दाङले पेश्की फच्यौट कार्यमा कडाई गर्ने भएको छ । जिल्ला समन्वय समितिमा विभिन्न संघ सस्था, उपभोक्ता समिति र व्यक्तिको नाममा पेश्की छ ।

Buddha International Hospital

Advertise with us

लामो समयसम्म पनि पेश्की फच्यौट नभएको भन्दै बुधवार बसेको जिल्ला समन्वय समिति दाङको बैठकले तत्तकाल सुचना प्रकाशित गरेर पेश्की फच्यौट गर्न आउन अनुरोध गर्ने निर्णय गरेको छ । सुचना प्रकाशित गर्दासम्म पेश्की फच्यौट नगरेमा पत्रपत्रिकामा नामावली प्रकाशन गर्ने समेत निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिमा रहेका पुराना सामानको लिलाम विक्रीको लागि सुचना प्रकाशित गर्ने निर्णय समेत गरेको छ । त्यसैगरेर विकास निर्माण र नदीजन्य पदार्थको अनुगमन कार्यलाई प्रभावकारी बनाउने र विगतमा भएका निर्णयलाई कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ ।