घोराहीको होटल डोको अति उत्तम

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयद्धारा होटल डोकोलाई क वर्गमा स्तर निर्धारण

दाङ, साउन २१ । दाङकै सुविधा सम्पन्न होटलको रुपमा सञ्चालित होटल डोको क वर्गमा परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङले होटल डोकोलाई अतिउत्तम होटलको रुपमा स्तर निर्धारण गरेको छ ।

होटलको सम्पूर्ण व्यवस्थापनको बारेमा अध्ययन तथा अनुगमन गर्दा होटल डोकोले तीन वटा तारा प्राप्त गरेको । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङका प्रमुख विवेक बन्जाराले बताउनुभयो । तीन वटा तारा प्राप्त गर्ने होटललाई क वर्गमा स्तर निर्धारण गरीएको उहाँको भनाई छ ।

होटल डोकोले दिने सेवा सुविधाहरु अति नै प्रभावकारी र गुणस्तरीय रहेको पाईएको उहाँको भनाई छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङले केहि समय यता जिल्लाका होटलहरुको गुणस्तरियता मापन गर्दै स्तर निधारण गरेको छ । यसैक्रममा घोराहीको होटल डोकोलाई पनि अतिउत्तम भनेको छ ।

जिल्लामा ठुलो लगानी र अन्र्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको होटल डोकोमा विभिन्न देशका पर्यटकहरु समेत बास बस्ने गरेको होटलका म्यानेजर बसन्त जिएमले बताउनुभयो ।