मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम एक सिंहावलोकन

श्रीधरकुमार राजभण्डारी

NIC ASIA Bank

पृष्ठभूमि
प्रदेश ५ मुलुककै विशेषयुक्त प्रदेश हो । दाङ, पूर्वी रुकुम, बर्दिया, बाँके, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, गुल्मी, पाल्पा, पश्चिम नवलपरासी गरी १२ जिल्लामा समेटिएको यो प्रदेशमा तराईका ६, पहाडका ५ र एउटा हिमाली जिल्ला रहेका छन् । २०६८ सालको जनगणना अनुसार ४४ लाख ९९ हजार २ सय ७२ को जनसंख्या रहेको यस प्रदेशमा २५ दशमलव ९ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि रहेको छ । जसलाई ५ वर्षभित्र १० प्रतिशतमा झार्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । ९५ जातजातिको बसोबास रहेको यस प्रदेशको प्रतिव्यक्ति आय रु एक हजार १२ अमेरिकी डलर रहेको छ । जसलाई आगामी ३ वर्षभित्र २ हजार पु¥याउने लक्ष्य प्रदेश सरकारले निर्धारण गरेको छ । ४ वटा उपमहानगरपालिका, ३२ वटा नगरपालिका र ७३ वटा गाउँपालिका गरी जम्मा १०९ वटा स्थानीय तह र ९८३ वटा वडाहरु रहेको यस प्रदेशको क्षेत्रफल १७ हजार ८ सय १० रहेको छ ।
मुख्य पेशा कृषि रहेको प्रदेशमा ४ लाख ०४ हजार ५ सय ४१ हेक्टर खेतीयोग्य जमिन रहेको छ । यहाँ ३८ लाख २० हजारजनसंख्या कृषिमामा निर्भर रहेको छ । यो प्रदेशले कृषिका माध्यमबाट समृद्धिको यात्राको थालनी गरेको भए तापनि पर्यटकीय हिसाबले पनि यो प्रदेश मुलुककै उत्कृष्ट प्रदेश मानिन्छ । नेपाल भित्रिने कुल पर्यटकमध्ये १ चौथाईले यहाँको भ्रमण गर्ने गरेको तथ्याङ्क भेटिनुले पनि यो प्रदेश पर्यटकीय दृष्टिले मुलुककै उत्कृष्ट प्रदेशमा रहेको कुरालाई नकार्न सकिदैन । वर्दिया राष्ट्रिय निकुञ्ज, वाँके राष्ट्रिय निकुञ्ज, चमेरे गुफा, जखेरा ताल, लुम्विनी, तिलौराकोट, धारपानी, निग्लीहवा, देवदह, स्वर्गद्वारी, रिडी, रानीमहल, श्रीनगर, सुपादेउरालीलगायतका पर्यटकीय स्थल हेर्न देशीविदेशी पर्यटकहरुको बाक्लै आवागमण हुने गेको पाइन्छ ।

Ghorahi Bachat

विषय प्रवेश
मुलुककै उत्कृष्ट प्रदेशको दौडमा रहेको प्रदेश ५ ले जनताहरुको जीवनस्तर माथि उकास्नका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागु गरेको छ । जो मुलुकका लागि नौलो प्रयोग हो । पहिलो वर्ष प्रदेशका १२ वटै जिल्लाका ३५ गाउँपालिकामा लागु गरिएको यस कार्यक्रम यस आर्थिक वर्षदेखि प्रदेशका ७३ वटै गाउँपालिकामा लागु भएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन कार्यविधि–२०७५ मा शिक्षा, स्वास्थ्य, क्षमता विकास, रोजगारी तथा स्वरोजगार सिर्जना, आयआर्जनमा अभिबृद्धि, राहत तथा पुनःस्थापना र सामाजिक संरक्षण सम्बन्धी कार्यक्रमहरु तयार गरिएको छ । जुन कार्यक्रम अत्यन्तै प्रभावकारी भएको पाइएको छ । स्थानीय स्तरमा प्रदेश सरकारको उपस्थिति देखिने गरी नागरिकले प्रत्यक्ष र तुरुन्त लाभ पाउने गरी गाउँपालिकामा बजेट पठाएर कार्यक्रम सञ्चालन गरिनुले पनि यो कार्यक्रमप्रति जनताहरुको आकर्षण बढेको मात्रै छैन, पहिलो वर्षमै यसको प्रभावकारिता देखिएको छ । जसको साँक्षी कार्यक्रम लागु भएका प्रदेशका ३५ गाउँपालिकाका स्थानीयहरु रहेका छन् । पहिलो वर्ष हरेक गाउँपालिकालाई ४५ लाख ९० हजार रुपैया वजेट बिनियोजन गरेर सुरुवात गरेको यस कार्यक्रममा चालु आर्थिक वर्षदेखि बढाएर ५२ लाख पु¥याइएको छ, जो अत्यन्तै सकारात्मक कदम हो ।

Center Point

उद्देश्य
आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर देखिएका गाउँपालिकाहरुका समुदाय, घरपरिवार वा व्यक्तिहरुको गुणस्तरिय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसरहरु तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत् जीवनस्तर सुधार गरी गरिबी निवारण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । राज्यले प्रदान गर्ने सेवा सुविधाबाट प्रत्यक्ष लाभ लिन नसकेका जनसमुदायलाई लक्षित गरी सुरु गरिएको कार्यक्रमको मुख्य उद्देश्य भनेकै कमजोर र पछाडि पारिएको समुदायको उत्थानमा लागि पर्नु रहेको छ ।

City Garden

लक्षित वर्ग
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले गरिबीको समस्याबाट आक्रान्त परिवारलाई मुख्य लक्षित वर्ग मानेर आफ्ना गतिविधि सञ्चालन गरिरहेको छ । असहाय, जेष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिका घरपरिवारहरु यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका छन् । यसका साथै दलित, पिछडिएका समुदाय तथा सुरक्षित बसोबास नभएका परिवारलाई पनि यस कार्यक्रमले समेटेको छ । कुनै प्रकोप तथा घटनाबाट घरवारविहिन भएका परिवारलाई समेत मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले समेटेको छ ।

दाङमा कार्यक्रमको प्रभावकारिता
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको पहिलो वर्ष दाङ जिल्लाका बबई, बंगलाचुली र राजपुर गरी ३ वटा गाउँपालिकामा सञ्चालन भएको थियो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ ले तोकेको विषयबस्तुमा रहेर जम्मा २७ वटा कार्यक्रम तयार गरिएका थिए । जसमा सञ्चालित कार्यक्रमलाई यसरी चर्चा गर्न सकिन्छ ।

शिक्षा क्षेत्र
विद्यालय जान छोडेका बालबालिका र स्कुल भर्ना नभएका बालबालिकालाई मध्यनजर गरेर कार्यक्रम लागु गरिएको थियो । स्कुल भर्ना प्रोत्साहन तथा गरिब परिवारका बालबालिकाका लागि स्कुलको पोसाक र झोला तथा स्टेशनरी वितरण गरिएको थियो । यस कार्यक्रमबाट तीन गाउँपालिकामा १ हजार १ सय २५ जना बालबालिका लाभान्वित भएका छन् । राजपुर गाउँपालिकाको विकट क्षेत्रका बालबालिकाले अध्ययन गर्ने बालबिसौनी पटौली नाका, बालविकास केन्द्र ऐरेना र शंकर मावि खरदरियाका बालविकास केन्द्रहरुमा बालबालिकाको सिकाईमा प्रभाव पर्ने शैक्षिक सामग्री र फर्निचरहरु उपलब्ध गराइएको छ । यस कार्यक्रमबाट त्यस क्षेत्रका ४५ जना बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् । बाल विवाहको अवस्था भयावह भएका राजपुर गाउँपालिकाका बस्तीहरुका स्कुलहरुमा कक्षा ६ देखि १० सम्मका बालबालिकालाई बालबिबाह न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम र बालविवाह न्यूनीकरणका लागि प्रतिबद्धता गराउने काम कार्यक्रममा गरियो । यसबाट प्रत्यक्ष ६ सय जना बालबालिका लाभान्वित भएका छन् ।

प्राविधिक शिक्षा तथा सिपमुलक तालिम
बढ्दो बेरोजगारी र श्रम शक्ति विदेश जाने परम्परालाई कम गर्न युवाहरुलाई स्देशमै स्वरोजगार बनाउने उद्देश्यले बेरोजगार युवाहरुलाई लक्षित गरी मोटरसाइल मर्मत तालिम र व्यवसाय सञ्चालनका लागि औजार वितरण कार्यक्रम सञ्चालन गरियो । यस कार्यक्रमबाट तिनै गाउँपालिकामा जम्मा ४४ जना युवा प्रत्यक्ष लाभान्वित भए । जसमध्ये बबई गाउँपालिकाका युवाहरुलाई सीप दिएर स्वरोजगार बनाउने उद्देश्यले कपाल काट्ने तालिम र पसल खोल्नलाई सामग्री सहयोग कार्यक्रम गरियो । यस कार्यक्रमबाट प्रत्यक्ष १० युवा युवती लाभाम्वित भएका छन् ।
बबई गाउँपालिकाका महिलाहरुलाई उद्दमशील बनाउने उद्देश्यले महिला गार्मेन्ट तालिम सञ्चालन गरियो । यो कार्यक्रमबाट प्रत्यक्ष २६ जना महिला लाभाम्वित भए । त्यसतै राजपुर गाउँपालिकाका महिलालाई उद्यमशील बनाउने उद्देश्यले चुरा पोते बुनाई तालिम कार्यक्रम गरियो । यो कार्यक्रमबाट प्रत्यक्ष ५० जना महिला लाभाम्वित भएका छन् । त्यस्तै बंगलाचुली गाउँपालिकाका महिलालाई होजीयारी तालिम र मेसिन सहयोग कार्यक्रम गरियो । यो कार्यक्रमबाट प्रत्यक्ष ९ जना महिला लाभान्वित भए ।

कृषि तथा पशुपालन सम्बन्धी कार्यक्रम
राजपुर गाउँपालिकाका अति विकट नाका क्षेत्रमा बाख्रा पालन गरी बसिरहेका कृषकहरुलाई आफ्नो बाख्रामा लागेका सामान्य रोगको निदान आफै गर्न सकून् भन्ने उद्देश्यले पाँच दिने भेटनरी सम्बन्धी तालिम प्रदान गरिएको थियो । यो कार्यक्रमबाट प्रत्यक्ष २५ जना कृषकहरु लाभान्वित भएका थिए । बबई गाउँपालिकाका द्वन्द्व पीडित परिवारका सदस्यलाई जीविकोपार्जनमा सहयोग पुगोस् भनेर लोकल खरी जातका बाख्रा बितरण गरिएको थियो । यो कार्यक्रमबाट निम्न स्तरभएका द्वन्द्वपीडित परिवार लाभाम्वित भएका थिए । त्यस्तै तरकारी खेतीलाई व्यवसायिक तरिकाले गरेर आयआर्जनको बाटो बनोस् भन्ने उद्देश्यले थोपा सिचाई तथा तरकारी खेती सम्बन्धि तालिम तथा सामग्री वितरण कार्यक्रम गरियो । यो कार्यक्रम बाट ३० जना कृषक प्रत्यक्ष लाभाम्वित भए । त्यस्तै मौरीपालनको राम्रो सम्भावना रहेको बबई गाँउपालिकाको वडा नं. २,३ र ४ का कृषकहरुलाई मौरीपालन तालिम तथा घार वितरण कार्यक्रम गरियो । यो कार्यक्रमबाट १४ जना कृषकहरु प्रत्यक्ष लाभाम्वित भए । त्यस्तै बंगलाचुली गाउँपालिकामा पनि बोयर जातका बोका तथा माउ बाख्रा वितरण कार्यक्रम गरियो । यो कार्यक्रमबाट १६ जना कृषक प्रत्यक्ष लाभान्वित भएका थिए ।

स्वास्थ्य सम्बन्धि कार्यक्रम
बंगलाचुली गाउँपालिकामा सदियौंदेखि पाटेघर सम्बन्धी रोग पालेर बसेका महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो र शिविरमा भेटिएका अति जोखिम समस्या बेहोरीरहेका १६ जना महिलालाई कार्यक्रमले खर्च ब्यहोरेर नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट सफलतापूर्वक शल्यक्रिया गरियो ।

सामाजिक संरक्षण सम्बन्धि कार्यक्रम
राजपुर गाउँपालिकाको यादव समुदायमा देखिएको महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले महिला हिंसा के हो ? समाजमा महिला हिंसा कसरी भइरहेको हुन्छ ? त्यसको न्यूनीकरण कसरी गर्ने ? समस्यामा परे कानुनी सहयोग कहाँबाट लिने जस्ता कुराहरुको जानकारी दिँदै श्रीमान श्रीमतीलाई सँगै राखेर महिला हिंसा सम्बन्धि सचेतनामुलक कार्यक्रम गरियो । यस कार्यक्रमबाट १२० जोडी अर्थात् २४० जना भन्दा बढिले प्रत्यक्ष सचेत हुने अवसर प्राप्त गरे ।
गाउँपालिका स्तरमा रहेका असहाय, गरिब, जेष्ठनागरिकहरुलाई राहत सामग्रीहरु चामल, सिरक, झुल तथा अपाङ्ग र असक्तहरुलाई ह्वील चिएर, बैशाखी, सेतो छडी जस्ता सामग्रीहरु वितरण गरियो । यो कार्यक्रमबाट तीन गाउँपालिकामा ५१३ जनाले प्रत्यक्ष लाभ लिए ।

समस्या तथा चुनौति
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम नितान्त नौलो कार्यक्रम भएकाले निर्देशीका तयार गरेर कार्यक्रम अगाडि बढे तापनि कार्यान्वयनका पक्षमा केहि समस्या र चुनौति देखिए । पुस महिनामा सबै जिल्लामा कार्यक्रम सहजकर्ता छनौट गरी पठाएपछि आधिकारिक रुपमा कार्यक्रम अगाडि बढेको हो । सहजकर्ताले गाउँपालिकामा आफ्नो परिचय दिँदा, कार्यक्रमको परिचय महत्व बुझाउँदा, कार्यक्रम छनौट गरी जिल्ला समन्वय समितिमा पेश गर्ने र त्यहाबाट स्वीकृत गरी प्रदेश सरकारलाई पठाउँदा समय केहि लाग्यो । प्रदेशबाट पनि बजेट पठाउन केहि ढिला भएकाले कार्यक्रम कार्यान्वयन आर्थिक वर्षको अन्त्यतिर गयो । आर्थिक वर्षको अन्तमा गाउँपालिकाले आफ्नो कार्यक्रम धेरै भएकाले कामको चापमा केहि हतारमा कार्यक्र्रम कार्यान्वन गर्नु पर्यो । बीचमा कर्मचारी समायोजनले कार्यक्रमलाई पनि असर पु¥यायो । छोटो समय र गाउँपालिकाको कार्यक्रम व्यस्तताले केहि हतार तथा कतै समन्वयको अभावहरु कर्यान्वयनको पाटोमा देखिए । गाउँपालिकामा कर्मचारीको कमीले गर्दा यो कार्यक्रम जिम्मेवारपूर्वक हेरिदिन सकेनन् भने एक जना सहजकर्ता तीनवटा गाउँपालिकामा सबै अवस्थामा पुग्न सम्भव रहेन ।

सिकाई र प्रभावकारीता
कार्यक्रम कार्यान्वयनमा केहि समस्या र चुनौति देखिए तापनि मुख्यमन्त्री ग्रामीण विकाश कार्यक्रमले छोटो समय र कम बजेटमा पनि नागरिकले प्रत्यक्ष सहयोग गरेको देखियो । नागरिकको जीवनशैलीमा प्रत्यक्ष सम्बन्ध राख्ने शिक्षा, स्वासथ्य, स्वरोजगारी र आयआर्जनमा बृद्धि जस्ता विषयहरुलाई कार्यक्रमले समेट्दा कार्यक्रमको प्रभावकारिता बढेको महसुस गरियो । कार्यक्रमको लक्ष्य प्राप्तिका लागि लक्षित समूह छनौट गर्दै बास्तविक पीडित कहाँ कार्यक्रम पु¥ाउन सहजकर्ताको भुमिका पनि उत्तीकै महत्वपूर्ण छ ।
राजपुर गाउँपालिकाका वडा नं. ४ का गोविन्द गुप्ता मोटरसाइकल तालिम लिएर कार्यक्रमबाट पसल खोल्नको लागि सामग्री प्राप्त गरेपछि बैदेशिक रोजगारीमा जाने चाहना मारेर पसल खोली आय आर्जनको बाटो समातिसक्नुभएको छ । त्यस्तै राजपुर ५ का अवदेश भण्डारी र मवनसिंह भण्डारी मोटरसाइकल तालिम लिएपछि आफूमा सिकाईको भोक जागेको भनेर आफ्नै लगानीमा थप कोर्ष गरिरहनुभएको छ । त्यस्तै बबई गाउँपालिकामा मोटरसाइकल तालिम सिकेर वडा नं.५ का रनबहादुर कवर, धनबहादुर पुन र वडा नं. २ का सुन्दर भारतीले हापुरेको अधिकारी अटोपार्टस्मा रोजगारी गरिरहनुभएको छ । वडा नं. २ कै चिन्तामणी पाण्डे नेपालगञ्जमा रोजगारीकै लागि जानुभएको छ, भने वडा नं. ४ का सुकबहादुर सार्कीले हापुरेमै सामान्य किसिमले आफ्नै पसल सञ्चालन गर्न सुरु गर्नु भएको छ ।
बंगलाचुली गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरपछि १६ जना महिलाको अपे्रशन सफलतापूर्वक गरिएको छ जसले लामो समयदेखि रोग लुकाएर बसेका महिलालाई कार्यक्रमबाट ठूलो राहत मिलेको छ । अपांग असक्त, असहाय र जेष्ठनागरिकलाई प्रत्यक्ष राहत महसुस हुने गरी आवश्यकताको आधारमा राहत सामग्री वितरण गरिएको छ । गरिव तथा असहाय परिवारका बालबालिका कापी कलम र स्कुल ड्रेस नभएकै कारण स्कुल जान नसक्ने अवस्थालाई न्यूनीकरण गर्न स्कुल पोसाक, ब्याग र कापीकलम वितरण गरिएको छ । कार्यक्रम लागु भएका गाउँपालिकाका अति गरिब तथा असहाय परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले बाख्रा वितरण गरिएको छ । मौरी पालनको सम्भावना रहेको ठाँउमा मौरी पालन तालिम र मौरीको घार वितरण गरिएको छ । कार्यक्रमबाट गरिएका राहत, सहयोग, तालिमले कार्यक्रमको उद्देश्य नागरिकको समस्यामा सहयोग पु¥याउँदै जीवनस्तर माथि उठाउनमा अवस्य सहयोग पु¥याएको महसुस गर्न सकिन्छ र कार्यक्रम प्रभावकारी भएको पाइन्छ ।

निष्कर्ष
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले छोटो समयमा पनि कार्यक्रम लागुभएका गाउँपालिकाका अति गरिब, असहाय र बिपन्न परिवार तथा बेरोजगार युवाहरुमा एक किसिमको राहत र आशाको दीप बाल्न सकेको छ । आर्थिक वर्ष २०७६÷७७ मा दाङलगायत १२ जिल्लाका सबै गाउँपालिकामा कार्यक्रम लागु हुँदैछ । कार्यक्रम कार्यान्वयनको पाटोमा देखिएका केहि समस्या र चुनौतिहरुलाई हटाउँदै कार्यक्रमसँग सम्बन्धी सबै सरोकारवालाहरुको चासो र सहयोग र सहकार्य भए मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम गरिब, विपन्न असहाय तथा बेरोजगार युवाहरुका लागि निकै प्रभावकारी कार्यक्रम बन्नेमा कुनै शंका छैन
लेखक ः मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको दाङका सहजकर्ता हुन्