बिबाहकाे बस र कार ठोक्किदा दाङमा ६ जनाको मृत्यु

Advertise with us

शिवु खनाल
दाङ, मंसिर २७ । बिबाहकाे बस र कार ठोक्किदा दाङमा ६ जनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिकाको रिहारमा बस र कार ठोक्किदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Buddha International Hospital
Advertise with us

पूर्वपश्चिम राजमार्गअन्तरगत लमही नगरपालिका वढानम्बर ९ रिहार स्थित प्रहरी चौकीनजिकै महेन्द्रनगरदेखि काठमाडौतर्फ जाँदै गरेको ना५ ख ४०९० नम्बरको बस र बुटवलदेखि नेपालगञ्ज तर्फ जाँदै गरेको बा१२ च ३१२२ नम्बरको कार एक आपसमा ठोक्किदा ६ जनाको मृत्युु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

घाइतेमध्ये बाँके राप्ती सोनारीगाउँपालिका ८ शम्शेरगञ्ज बस्ने बर्ष ४९ का विश्वनाथ अधिकारी, सोहि ठाउँका वर्ष ५ का प्रविन केसी, वर्ष ५३ का मानबहादुर केसीको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । यस्तै सोहि गाउँपालिका ८ का बर्ष ४९ कि बिमला खत्री, बर्ष ३१ दिपक कुमार खड्का र कोहलपुर नगरपालिका १२ का बर्ष ७८ का दक्त बहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको हो ।

अन्य मृतकहरुमा मानबहादुर केसी, आमा बिमला खत्री र भतिज प्रविन केसी रहेका सोहि ठाँउमा खेमराज गौतमले बताएका छन । दुर्घटनामा परि राप्तीसोनारी ८ बर्ष ४५ कि गिता देवि खत्री र चालक यमबहादुर बुढा घाइते हुनु भएको छ । स्कारपियाे गाडीमा ८ जना सवार भएकाे भन्दै प्रहरीले ६ जनाकाे मृत्यु भएकाे र २ जना घाइते भएकाे जनाएकाे छ ।  घाईते दुबैलाई नेपालगञ्ज कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको फ्लोरेन्स अस्पताल लमहीका प्रमुख डा।पुष्प भुषालले बताएका । मृत्यु भएको सबैको शव पोष्टमाटमका लागि लमहि अस्पतालमा राखिएको छ ।