बिदेश डायरी

लक्ष्मण शर्मा 
पुर्बी नेपालको सामान्य मध्यम बर्गीय मेरो परिवार संग खासै ठुलो सपना केही थिएन ।अाफ्नो मेहनत र इमानदारीमा बिश्वास गर्ने मेरा बुबाअामाको धेरै जसो समय भारतमा रोजगारीको शिलशीलमा बित्यो ।छोराछोरीको शुख भन्दा ठुलो शुखी उनिहरुको लागि केही थिएन ।सारा जिबन अाफ्ना सन्तानको लागि दिए तर सन्तानले शुख दिन नपाउदै उहाहरुले अल्पअायुमा यो संसार छोड्नुपर्यो।

सन्तान शुखको अबसर परमात्माले उहाहरुको भाग्यमा लेखीदिनु भएनछ।अाज सम्झदा अाखाबाट अाशु अाउन्छ।बाबुअामाको शुखको लागि केही गर्न नपाएका हामी दिदीभाईहरुले अाफ्ना बाबुअामाको सम्झनामा केही गर्नेछौं भन्ने दरिलो बिश्वास सहितको संकल्प लिएका छौँ ।बाबुअामाको सधैभरी एउट‌ै कुरा भन्नुहुन्थ्यो “तिमीहरू जहा भए पनि ,जे गरे पनि अापसमा कुरा गर,भेट गर,रमाइलो गर,सधैं मिलेर बस।” दिदिहरुलाई सम्झाउदै भन्नुहुन्थ्यो “यो सानो छ,जिद्दी छ,मनमा लागेको बोल्छ।

यसको कुरामा पिर नमान्नु ,यसको राम्रोसँग रेखदेख गर्नु।”महिले सानोमा अामाबुबाको दुख र मयालाई नजिकबाट महसुस गरेको छु।जुन दुखका साथ उहाहरुले हाम्रो पालनपोषण गर्नुभयो त्यो दुखलाई शुखको अनुभुति गराउन नपाउदै भगवानले हामीबाट खोसेर लग्नुभयो।
सन् २०१० मा slc पास गरेपछि उच्च शिक्षाको लागि शहर पसियो ।शहर संगसगै रहर र जिम्मेवारीको बोझ पनि थियो ।अाफ्नो लागि अाफै केही गरिएन भने जिन्दगी अघि बढ्न सक्ने स्थीति थिएन ।मेरा लागि त्यसबेलाको समयमा दुईवटा बिकल्प थिए।

 

एक -जस्तोसुकै अबस्थामा पनि यही शहरमा दुख गर्दै पढ्ने वा रोजगारीको लागि भारत गई दुख गर्दै जिबिका चलाउने ।महिले पहिलो बिकल्प रोज्ने निर्णय लिए ।मेरो निर्णयलाई सघाउ पुर्‍याउँदै मलाई रोजगारी दिनुहुने गोरक्ष राष्ट्रिय दैनिक ,गणतन्त्र राष्ट्रिय दैनिक ,नागरिक राष्ट्रिय दैनिक र सम्राट माईनिङ एण्ड कन्ट्रक्सन प्रा .ली लगाएत सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।दुखको बेला सहयोग गर्नुहुने सबैलाई नमन गर्दछु ।यसरी जसोतसो स्नातकोत्तर सम्म अध्ययन गरियो ।समय संगै जिम्मेवारी पनि बढ्दै जाने रहेछ ।जिम्मेवारी पुरा गर्न मनमा ठुलो दबाब पर्ने हुदा मानिस अनेक ठाउँ अनेक अबसर खोज्न भौतारिदो रहेछ।

 

शृजनशिल मानिसको लागि केही न केही अबसर त मिल्छ नै तर उसको शृजनालाई मलजल गर्नको लागि बाताबरण भएन भने चाहिँ गार्‍हो पर्ने रहेछ।म मेरो क्षेत्रमा एकोहोरो भएर लाग्न चाहन्थे ।मेरो सारा उर्जा ,समय र सोच मेरो क्षेत्रमा लगाएर दिनरात लगनशील भएर त्यसैमा खट्न चाहन्थे तर महिले काम गरिन भने खान पाउदैन थिए।त्यसैले महिले मेरो शृजनालाई भन्दा कामलाई जोड दिए।

 

मेरो सोचाइको धरातल कमजोर थियोे या बलियो त्यो म जान्दैन तर मलाई लाग्यो यति नै समय र उर्जा लगाएर यही दुख बिदेशमा गर्ने हो भनी यहाभन्दा बेसी कमाई हुनेथियो र मेरो सपना पूरा हुन्थ्यो ।फलस्वरूप सन् २०१६ मा गैरकानुनी रुपबाट अमेरिका जाने निधो गरे,पैसा जम्मा गरे। पछि राष्ट्रपति ट्रम्पको उदय संगै मेरो सपनामा बाधा अायो।ठुलो धनराशि त्यतिबेला गुमाउनु पर्यो।तर महिले हरेश खाईन ।पछि अरु देश जानको लागि ट्राई गरे ।यसै शिलशिलामा युरोप जान भनी एउटा म्यानपावर ब्यबसायी संग कुरा गरे।

 

कुराको शिलसीलामा उसले झर्केर उत्तर दियो -“हेर भाइ यो डिर्गी ,सिग्रीको कुरा म संग नगर ।तिमी जस्ता हजारौं मान्छे अाज यो शहरमा अाफ्नो सपना र अस्तित्व खोज्दाखोज्दै बिलाएका छन् ।यो वैश्य युग हो भाइ ,यहा पैसाको मात्र बोलबाल चल्छ ।पैसा कसरी कमायो त्यो कसैले सोच्दैन तर को संग पैसा छ त्यतैतिर मान्छे लाग्छ ।”उसको जबाफ फर्काउन मलाई नअाउने होइन तर उसले जस्तै व्यवहार महिले पनि गर्ने हो भने ऊ र म बिच के नै अन्तर रह्यो र!एक शिक्षीत ब्यक्तिले अाफ्नो संगसगै अरुको पनि ईज्जत् को ख्याल गर्छ ।

सन् २०१८ मा मेरो बिदेशको सपना पुरा भयो ।साना किसान बिकाश बैंक अन्तरगत रहेको साना किसान सहकारी संस्थाको कृषि कार्यक्रम अन्तरगत म छनोटमा परेको थिए।बिदेशीहरु साच्चिकै इमानदार ,मेहनती र श्रमको सम्मान गर्ने हुदा रहेछन् ।उनिहरुले अाफ्नो मरुभूमि जस्तो जमिनलाई हिरा बनाएका छन् तर हामी हाम्रो हिराजस्तो जमिनलाई छोडेर बिदेशीएका छौँ ।बिदेशको मरुभूमिमा ४०-४५°c मा काम गर्ने हाम्रा युवाहरुलाई नेपाल फर्काएर उनिहरुको सीप,क्षमता ,अनुभव र पुजीलाई नेपाली भुमिमा प्रयोग गर्न सके देश समृद्ध हुन समय लाग्ने थिएन ।सरकारले अब यश किसीमको कार्यक्रमलाई प्रभाबकारी ढङ्गबाट अघि बढाउनु पर्दछ।

 

कृषिलाई अाधुनिकरण एबम् ब्यबसायीक बनाउन एकिकृत जग्गा प्रणाली,चौडा बाटो ,पुर्वाधारको सुबिधा ,बीउ तथा अाधुनिक उपकरणमा अनुदानको ब्यबस्था,सहुलियतपूर्ण ऋण ,निशुल्क र छिटो दर्ता प्रकृया,श्रमिकहरुको ज्यालादरको उचित ब्यबस्था जस्ता कुराहरूको थालनी गर्नुपर्दछ।हामी स्वदेशमा बस्नेहरुलाई एउटा भ्रम के छ भने बिदेश भएका अाफ्ना साथीभाइ तथा इष्टमित्रले जब नया कपडा लगाई समुन्द्र छेउ वा ठुला तथा चौडा बाटोमा बसी फोटाहरु हाल्दछन् वा पठाउन्छन हामीलाई स्वर्ग भन्ने त्यहा रहेछ भन्ने भान पर्दछ।

 

तर यथार्थ त्यो होइन ।बिदेशमा बस्ने सबैले नत महिनामा ३/४ लाख नै कमाउन्छन ,नत स्वर्ग छ।सबैभन्दा ठुलो स्वर्ग नेपालमा नै छ।हावापानीको स्वर्ग ,अात्मियता र प्रेमको स्वर्ग ,संस्कार र संस्कृतिको स्वर्ग र प्राकृतीक स्वर्गमा नेपाल जति धनी छ त्यो भन्दा धनी बिश्वमा कुनै अर्को मुलुक छैन ।