‘बोनम्यारो’ पीडितको कथा

प्रेम खोज्दै प्रेमबहादुर

Advertise with us

दाङ, मंसिर  । रोल्पाको त्रिबेणी गाउँपालिका ७ मा उब्जनी हुन छोड्यो । त्यसपछि प्रेमबहादुर पुन श्रीमती र छोराछोरीलाई रोल्पाबाट घोराहीमा ल्याएर आफु टर्कि हिँड्नुभयो । दुई छोरी र एउटा छोरालाई पढाउनु पनि थियो । घर बनाउने सपना समेत लिएर वैदेशिक रोजगारका लागि टर्की उडेका प्रेमबहादुर ४ महिना नहुँदै फर्किनु प¥यो ।

Buddha International Hospital

Advertise with us

टर्किमा काम गर्दा गर्दै बोम म्यारोको समस्या देखिएपछि प्रेमबहादुरलाई अहिले सहयोग उठाउँदै हिड्नु परेको छ । टर्कि पुगेर काम थालेको दुई महिना मै विरामी परेका प्रेमबहादुर त्यहाँकै अस्पतालमा २ महिना उपचार गराएर नेपाल फर्किएका छन् । अहिले काठमाण्डौ स्थित शिक्षण अस्पतालमा उपचार गराईरहेको प्रेमबहादुरले बताउनुभयो ।

‘काम गर्दा गर्दै शरिर कमजोर भएपछि उपचार गराएँ, बोन म्यारोमा समस्या छ भन्यो ।’ प्रेमबहादुरले भन्नुभयो, ‘त्यसपछि टर्किकै अस्पतालमा २ महिना भर्ना भएर उपचार गरेँ ।’ टर्किमा उपचारका लागि आर्थिक अभाव भएपछि नेपाल फर्किएको प्रेमबहादुरले बताउनुभयो । ‘अहिले काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गराईरहको छु । ४ लाख भन्दा बढि पैसा सकियो । अब एक रुपैया पनि छैन ।’ उहाले भन्नुभयो ‘कसैले सहयोग गर्यो भने उपचार गर्ने योजना छ ।’

टर्कि जानु भन्दा पहिले प्रेमबहादुर मलेसिया पनि पुग्नु भएको थियो । २ वर्ष मलेसियामा बसेर काम गर्नुभएका प्रेमबहादुर पत्थरीको समस्याका कारण विचमै घर फर्किनु परेको थियो । ‘मलेसियामा डरलाग्दो केमिकल उत्पादनमा काम गर्नुपथ्र्यो । त्यसैको कारण बोनम्यारोमा समस्या भएको हो भनेर डाक्टरले भन्नुभयो ।’ प्रेमबहादुरले भन्नुभयो ।

अर्को पटक जाँच गर्ने समय आईरहेको छ । तर त्यसको लागि पैसा छैन प्रेमबहादुरसंग । अहिले प्रेमबहादुर बोनम्यारोमा आएको समस्या कारण कुनै काम गर्न सक्ने अबस्थामा हुनुहुन्न । ‘नेपालमा सिभिल हस्पिटलमा मात्रै बोनम्यारो ट्रान्सफर गर्ने व्यवस्था छ भन्ने सुनेको छु ।’ प्रेमबहादुरले भन्नुभयो, ‘तर त्यहाँ भरपर्दो छैन रे, सबैले ईण्डिया जानुपर्छ भन्छन् ।’ बोनम्यारो प्रत्यारोपणका लागि ४० लाख भन्दा बढि खर्च लाग्ने प्रेमबहादुरले बताउनुभयो ।

४० लाख रुपैया खर्च लाग्ने स्वास्थ्य समस्या भएका प्रेमबहादुर अहिले ४०÷५० रुपैया उठाउँदै हिड्नु भएको छ । प्रत्यारोपण गर्ने खर्च भए आफ्नै दाईले बोनम्यारो दिन आफ्नै दाई मन्जुर भएको प्रेमबहादुरले बताउनुभयो । ‘मेरो आफ्नै दाई कमानसिंह पुनले बोनम्यारो दिन्छु भन्नु भएको छ । तर ट्रान्सफरका लागि पैसा छैन ।’

आफ्नो उपचारको व्यथा छदै छ । त्यो भन्दा टड्कारो तीन जना छोराछोरी र एउटी श्रीमतीलाई कसरी पाल्ने भन्ने अर्को समस्या छ । ७ र ८ वर्षकी दुई छोरी र ५ बर्षिय छोरालाई पाल्ने र उनिहरुको शिक्षामा लाग्ने खर्च समेत कसरी जुटाउने भन्ने चिन्ताले प्रेमबहादुरलाई बढि सताउने गरेको छ ।

‘चिने जानेको पनि कोही छैन । छिटो भन्दा छिटो औषधी उपचार गर्न पाए हुन्थ्यो भन्ने सोँच्छु, तर आफन्तहरु पनि कोही छैनन् ।’ प्रेमबहादुरले दुखेसो पोखे, ‘नेताहरुलाई भन्न पाए सरकारबाट हुने सेवा सुविधा पनि पाउन सकिन्छ भन्छन् मान्छेहरु, तर नेता समक्ष कुरा पुर्याईदिने समेत कोही भएनन् ।’