करोडौंको सम्पत्ति हिनामिना


यमकला भुसाल

तुलसीपुर, मंसिर । दाङको बबई गाउँपालिका वडा नं.ं ५ स्थित बाघमारे सहकारी सस्थाका अध्यक्षलाई सहकारीको सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।

Buddha International Hospital
Advertise with us

सहकारी सस्थाका सेयर सदस्यहरुले मंगलवार बबईमा पत्रकार सम्मेलन गरी अध्यक्ष चुडामणी कडँेलले सहकारीको जग्गा सस्तो मूल्यमा आफु खुसी बिक्री गरेको आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष कृष्णबहादुर खत्रीले सहकारीको विधि र विधानभन्दा बाहिर रहेर कार्यसमितिसँग छलफल नै नगरी सहकारी संस्थाको ५ बिगाह जग्गा सस्तो मूल्यमा बबई गाउँपालिकालाई बिक्री गरेको बताउनुभयो ।

‘सहकारीको ३२ बिगाहा ९ कठ्ठा जग्गा हो, कँडेलकै कार्यकालमा २ वर्षअघि प्रतिकठ्ठा १३ लाख रुपैयाँमा दुई बिगाह जग्गा बिक्री गरेका थियौँ’ उहाँले भन्नुभयो ‘बाँकी रहेको ३० विगाह ९ कठ्ठा जग्गा कार्यसमितिसँग निर्णय नै नगरी प्रति बिगाह एक लाख १२ हजार सात सय ५० का दरले ३३ लाख ८२ हजार ५ सय रुपैयाँमा सबै जग्गा बेच्नु भएछ ।’

पाउनुपर्ने मूल्य नपाई सस्तोमा बेचेर सहकारीको सम्पत्ति हिनामिना गरेको भन्दै सेयर सदस्यहरुले कारबाही गर्ने समेत चेतावनी दिएका छन् । अध्यक्ष कँडेलले विगत केही वर्षदेखि मनोमानी ढँगले काम गर्दै आएको आरोप लगाएका छन् । संस्थाका सदस्यहरुलाई हस्ताक्षर गर्न पठाउने तर माइन्यूट देखाउन आनाकानी गर्ने गरेको समेत आरोप लगाएका छन् ।

Advertise with us