आठ वटा गोरु गाउँलेको नियन्त्रणमा

Advertise with us


शिवु खनाल

देउखुरी, मंसिर  । लमही नगरपालिका वडा नं. ८ असानीमा लुकाई छिपाई गोरु ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीयबासीले नियन्त्रणमा लिएका छन् ।

Buddha International Hospital
Advertise with us

गोरु तस्करी बढेको समाचारहरु बाहिर आईरहेको वेला लमही नगरपालिका वडा नं. ७ कमानपुरका युवाहरुले ८ वटा गोरु नियन्त्रणमा लिएका हुन् । ती गोरु ओसारपसारमा दुई जना बालक संलग्न रहेको पाइएको छ ।

लमही नगरपालिका वडा नं. ४ अर्नहवा निवासी सागर कुमार र सोही वडा निवासी सल्मान खान (ललुवा)लाई स्थानीयले गोरुसहित फेला पारेका थिए । गोरु ओसारपसारमा संलग्न बालकहरुले लमहीका गोरु व्यापारी विरु लामाले पाँच सय रुपैयाँ दिएर आफुहरुलाई गोरु ल्याउन लगाएको बताएका छन् ।

स्थानीयहरुले आठ ओटा गोरु स्वर्गद्धारी सामुदायिक वन क्षेत्रको काञ्जी हाउसमा राखेका छन् । गाउँलेहरुले गोरु ओसारपसारमा रोक लगाएको सूचना पाएपछि वडा प्रहरी कार्यालय लमही, सतवरीया प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय अमिलियाबाट प्रहरी पुगेका थिए ।

प्रहरीले गोरु हिडाएर लैजान पाइने तर ट्रकबाट ओसारपसार गर्न नपाइने जिल्ला प्रहरीबाट निर्देशन आएको बताएका थिए ।