सुनिल बिसीको “जहाँ माया” चर्चामा

दाङ, साउन १४ । पछिल्लो समय एक पछि अर्को चर्चित गीत सार्वजनिक गर्दै आएका युवा सर्जक सुनिल बिसीको आधुनिक गीत”जहाँ माया”लाई युटुबमा सार्वजनिक भएको सात महिनाको अवधिमा ३० लाख बढी हेरिएको छ।

“म्युजिक नेपाल” युटुव च्यानलबाट अप्लोड भएको दिनदेखि गीतले दर्शकको सकारात्मक प्रतिक्रिया बटुलेको छ। युटुबमा सार्वजनिक भएदेखि आज सम्म गीतलाई १६ हजार बढीले लाइक र एक हजार बढीले कमेन्ट गरेका छन।माया प्रेममा आधारित गीत लेख्न खप्पिस बिसीले यस गीतमा प्रेमिकाले शंका गर्दा प्रेमिको मनमा उत्पन्न हुने भावहरुलाई शब्द मार्फत प्रस्तुत गरेका छन। ब्रान्डरुट इन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज सजिएको छ भने सागर विरहिले संगीत भरेका छन।

गीतको भिडियो पनि एकदम आकर्षक छ। गीतको कथा वस्तुले मागे अनुसारनै भिडियोमा उतारिएको छ । भिडियोमा बिक्रम बुढाथोकी , हिमा थापा र सुरेन्द्र मुस्कानले जीवन्त अभिनय गरेका छन। क्रान्ति केसीको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा अजय रेग्मीको छायांकन रहेको छ भने भिडियोलाई निर्देशक क्रान्ति केसीलेनै सम्पादन गरेका छन।

गीतले युटुबमा राम्रो भ्युज पाइरहँदा आफू निकै खुसी रहेको सर्जक बिसीले बताए । आगामी दिनहरुमा पनि “जहाँ माया” जस्ता अन्य धेरै गीतहरु दर्शकमाझ ल्याउने पनि बिसीले बताए। यस भन्दा अगाडि धेरै चर्चित गीतहरूमा शब्द कोरिसकेका छन।