विउविजन उत्पादन सम्बन्धी तालिम सुरु

दाङ र प्युठानका विउ विजन व्यवसायीहरुलाई बीउ उत्पादन तथा व्यवस्थापन सम्बन्धि तीन दिने तालिम मंगलवारबाट घोराहीमा सुरु भएको छ । नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आयोजनामा दुइ जिल्लाका करिव ३० जना कृषकहरुलाई उक्त तालिम दिन लागिएको छ ।
तलिममा बीउ विजन सम्बन्धी ऐन, नियमावली, राष्ट्रिय नीति, व्यवसायीक दर्ता पक्रिया एवम अनुगमन निर्देशिका सम्बन्धी जानकारी गराइने आयोजकले जनाएको छ । यस्तैगरी विउ प्रशोधन तथा लट बनाउने तरिका, जात उन्मोचन, दर्ता र बीउ पैठारी तरिका, भण्डारण र व्यवस्थापन, प्रमाणीकरण, बीउको नमुना लिने तरिका, प्रयोगशालामा गरिने बीउ परीक्षण विधि लगायतका विषयवस्तुबारे सहभागिलाई जानकारी दिइने छ ।


Advertise with us
यसैबीच मंगलवार तालिमको एक औपचारीक कार्यक्रमको आयोजना गरि उत्घाटन गरिएको छ । मकै सुपरजोन देउखुरीका महेश क्षेत्रिको अध्यक्षता एवम तोरी जोन परियोजनाका बरिष्ठ कृषि अधिकृत इन्द्रबहादुर ओलीको प्रमुख आतिथ्यतामा तालिमको उत्घाटन गरिएको थियो ।

Buddha International Hospital