प्रहरीसंग हातेमालो गर्ने वडाको प्रतिवद्धता

दिप्तीशिखा चौधरी,
दङ्गीशरण,२५ मंसिर । दङ्गीशरण गाँउ पालीकाको वडा न. ७ का वडा अध्यक्ष बीरबहादुर वलीले आफु वडाको प्रतिनीधिको हैसियतले वडामा हुने कुनै पनि घटनामा प्रहरीसँग हातेमालो गर्ने बताएका छन । वडाको समृद्धिका लागि सबै निकायसँग पहल गर्ने बताए । उनले आफ्नो कार्यकालसम्म वडा अपराध मुक्त गरी अहम भुमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
बागर प्रहरी चौकीले आयोजना गरेको समुदाय साझेदारी प्रहरी गठन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले प्रहरीको यो कार्य उदाहरणीय रहेको भन्दै वडाको विकास र समृद्धि अपराधमूक्त गतिविधिले मात्र हुने बताए ।

Advertise with us
सो अवसरमा बागर खानेपानीका प्रमूख धरमनाथ यौगीले बिगतमा प्रहरीले विभिन्न प्रकृतीका कार्यक्रम गर्दै आएको र अहिलेको यो पञ्च बर्षिय योजना अन्र्तगतको प्रहरी साझेदारी कार्यक्रमले झनै समूदायमा भएका अपराधिक घटनालाई कम गर्ने कुरामा विश्वास व्यक्त गरे । प्रहरीले अहिले राम्रो कामको थालनी गरेको भन्दै यसले नागरीक र प्रहरीको सम्बन्ध अझै घनिष्ट हुने धारणा राखे ।
यसैबीच वडा नम्वर सातमा मंगलवार समुदाय साझेदारी प्रहरी वडा समीती गठन गरिएको छ । सामुदाय प्रहरी साझेदारी प्रहरीको अवधारणा अन्र्तगत साझेदारी प्रहरी वडा समिती गठन गरिएको हो । वडा न. सातका वडा अध्यक्ष बीरबहादुर वलीको संयोजकत्वमा १३ सदस्यीय समिती गठन गरिएको छ ।
जसको सह—सयोंजकमा बागर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जोरासिंह अधिकारी रहेका छन । त्यस्तै सदस्य सचिवमा बागर प्रहरी चौकीका प्रहरी हवल्दार जीतबहादुर वली सदस्यहरुमा वडा सदस्य टिकाराम खड्का, भूपबहादुर वली, दलित महिला सदस्य मुनादेवी सुनार, महिला सदस्य आङ्ने चौधरी, समाजसेवी देवबहादुर के.सी, ज्ञानबहादुर कँवर, बागर खानेपानीका प्रमूख धरमनाथ योगी लगायतका रहेका छन ।
कार्यक्रमको शहजीकरण वडा सचिव यमप्रसाद नेपालीले गरेका थिए । प्रहरी चौकी बागर मातहतका वडा स्तरीय समूदाय प्रहरी गठन भईसकेको र अब लगत्तै टोल स्तरी समिती गठन गरिने छ ।

Buddha International Hospital