कम्युनिष्ट नेता बस्नेतलाई सहयोग

दाङका पुराना कम्युनिष्ट नेता शोभराम बस्नेतको उपचारका लागि आजसम्म रु एक लाख बढी सहयोग रकम सङ्कलन भएको छ ।

मिर्गौला रोगबाट पीडित हुनुभएका तुलसीपुर उपमहानगरपालिका–११ हस्नापुर निवासी बस्नेतको काठमाडाँैमा उपचार भइरहेको छ । उहाँको स्वस्थ्य उपचारमा सहयोगको लागि आजसम्म रु एक लाख २३ हजार ६१५ आर्थिक सहयोग सङ्कलन गरिएको स्थानीयवासी सदस्य मानबहादुर रावतले जानकारी दिनुभयो ।

Buddha International Hospital
Advertise with us

Advertise with us