‘स्मार्ट’ कृषि गाउँमा मन्त्री पौडेल

प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले लमही नगरपालिका–९ को सिफारिश गरिएको हर्दवा क्षेत्रको ‘स्मार्ट’ कृषि गाउँमा अनुगमन गर्नुभएको छ ।

Buddha International Hospital

मन्त्रालयको कृषि ज्ञान केन्द्रमार्फत कार्यान्वयन गरिने सो कार्यक्रमका लागि दाङको प्रदेश निर्वाचन क्षेत्र नं २ का लागि हर्दवा गाउँ सिफारिश गरिएको छ । गाउँको अनुगमनपश्चात् गरिएको कार्यक्रममा मन्त्री पौडेलले मन्त्रालयले हर्दवा गाउँलाई स्मार्ट कृषि गाउँ बनाइने भन्दै ढुक्क रहन आग्रह गर्नुभयो । “यो गाउँलाई सबैले मिलेर कृषिका लागि नमूना बनाउनु सकिन्छ,” उहाँले भन्नुभयो, “तपार्इंहरुसँगै मिलेर योजना र कार्यान्वन गर्छौं ।”

Advertise with us

 

कृषि नै समृद्धिको आधार भएकाले कृषिको विकासका लागि मन्त्रालयले यो योजनालाई अघि सारेको उहाँको भनाइ थियो । उक्त अनुगमनमा प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, सरस्वती गौतम, दामा शर्मा, कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेत लगायतको सहभागिता थियो । सांसद इन्द्रजीत थारूले स्मार्ट कृषि गाउँका लागि गढवा गाउँपालिका–२ को घुस्रा गाउँलाई समेत प्रस्ताव गर्नुभएको छ ।