जन्मदिनमा असहायलाई सहयोग

घोराही,२४ मंसिर । जन्मदिनको उपलक्ष्यमा घोराहीका एक युवाले असहायलाई सहयोग गर्नु भएको छ । एक अनौपचारिक कार्यक्रमको बीच दांग उध्योग वाणिज्य संघका उपाध्यक्ष टंकसिंह बुढाथोकीले आफ्नो जन्मदिनको शुभ अवसरमा घोराही १५ काठेकोलका असहाय महावीर रोकालाई न्यानो कपड़ा,खाद्दान्न सामग्री तथा खाना पकाउने ग्यांस सहयोग गर्नु भएको छ ।

Buddha International Hospital

Advertise with us

असहाय रोकाका दुवै खुट्टाले काम गर्दैनन र रोकालाई आफ्नो जीविकोपार्जनका लागी हाम्मे-हाम्मे परेको हुंदा सहयोगी बुढाथोकी जस्तै अन्यले पनि बेला-बखतमा सहयोग गर्ने गर्दछन ।

उपाध्यक्ष बुढाथोकीले जन्मदिनमा मात्र नभई जुनकुनै बेलामा पनि रोकालाई सहयोगको आवश्यक परे सदैव तत्पर रहने बताउनु भयो ।