प्रहरी चढेको मोटरसाइकलमा आगलागी

गुडिरहेको मोटरसाईकलमा अचानक आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय मलवार दाङका प्रहरी सहायक निरीक्षक प्रदिप कुमार खड्का चढेको मोटरसाईकलमा आगलागी भएको हो ।

Buddha International Hospital

Advertise with us

तुलसीपुरको जसपुरबाट पेट्रोल लगेर कार्यालय जाने क्रममा एक्कासी आगलागी हुँदा ४३ बर्षीय प्रहरी सहायक निरीक्षक खड्काको दुबै खट्टा र हात जलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।


खड्का सवार कार्यालयको बा २ प २४५९ नम्बरको मोटरसाईकल ढुंगामा घिस्रिदा आगलागी भएको प्रहरी नायब उपरीक्षक शाहीले बताए । आईतबार साँझ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरा गनारीमा एक्कासी आगलागी हुँदा घाईते भएका खड्काको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । मोटरसाईकल पूर्ण रुपमा जलेको छ ।

Advertise with us