‘घुस खान्न, दिन्न र सहन्न’

रीता लामा

घोराही, २३ मंसिर । भ्रष्टाचार विरुद्धको अन्र्तराष्ट्रिय दिवस आइतवार देशभर मनाइएको छ । भ्रष्टाचार विरुद्धको पहल तपाईबाट भन्ने मुल नाराका साथ मनाइएको अन्र्तराष्ट्रिय दिवसको अवसरमा घोराहीमा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा घुस खान्न, दिन्न र सहन्न भन्ने प्रतिवद्धता पत्रमा यहाँका सरोकारवालाहरुले हस्ताक्षर गरेर ऐक्यवद्धता समेत जनाएका थिए ।
भ्रष्टाचार विरुद्धको उक्त कार्यक्रममा ऐक्यवद्धता पत्रमा हस्ताक्षर गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लोभ र स्वार्थको कारणले व्यक्तिले आर्थिक, नैतिक र नीतिगत रुपमा भ्रष्टाचार गरिरहेको भन्दै प्रत्येक व्यक्ति नीति र कानुनको परिधि भित्र रहेर काम गरे भ्रष्टाचार आफै कम भएर जाने बताए । साथै उनले हरेक नागरिक राज्यले बनाएको नीतिनियममा रहेर काम गरे भ्रष्टाचार न्युनिकरणमा टेवा पुग्ने दावि गरे । पावर, पहुच र पैसाको कारणले नभइ नियममा चल्नुपर्ने उनको भनाई थियो । साथै उनले केही कानुनी त्रुटीको कारणले पनि भ्रष्टाचार बढेको बताए ।
‘प्रत्येक नागरिक सचेत भए भ्रष्टाचार आफै निर्मुल हुन्छ ।’ उनले भने ‘भ्रष्टाचार गर्नेलाई मात्रै नभएर भ्रष्टाचार गर्न सहयोग गर्नेलाई पनि कारवाही गर्नुपर्छ ।’

Blog Post Ad

 

Blog Post Ad


नगर प्रमुख चौधरीले सार्वजनिक निकायमा हुने ढिला सुस्ती, आर्थिक लोभमा कार्यव्यस्तता देखाएर काम नगदिने परिपाटी पनि ठुलो भ्रष्टाचारको रुप भएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले अव भ्रष्टाचार न्युनिकरणको लागि विशेषगरि जनप्रतिनीधिहरु जिम्मेवार हुनुपर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै अधिवक्ता गोमा महराले भ्रष्टाचार अन्तराष्ट्रिय रुप मै रहेको हुदाँ यसलाई निमिट्यान्न पार्न नसके पनि न्युनिकरण गर्न भने सकिने बताइन । साथै उनले भष्ट्राचार भएमा न्याय मर्ने, मानवियता, कानुन, नियम सवै धरापमा पर्ने दावि गरिन । अव जनप्रतिनीधि वा सरकारी निकायका व्यक्ति मात्र नभइ प्रत्येक व्यक्तिले भ्रष्टाचार गर्दैन भन्ने सोच राख्नुपर्ने बताइन । साथै उनले भ्रष्टाचार न्युनकरणमा प्रत्येक नागरिक जिम्मेवार हुनुपर्ने बताइन ।
कार्यक्रममा बोल्दै थारु कल्याणकारीणी सभाका अध्यक्ष भुवन चौधरी, उद्योग बाणिज्य सघंका उद्योग उपाध्यक्ष बसन्त जोशी, नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त लगायतले सबै भन्दा भ्रष्टाचार प्रसासनिक कार्यमा बढेको भन्दै सरकारले बढी भ्रष्टाचार हुने प्रत्येक कार्यालयमा हेल्प डेस्कको स्थापना गर्नुपर्ने बताए । उनीहरुले अव भ्रष्टाचारको लागि खान्न भन्ने मात्रै नभइ दिन्न भन्ने संस्कारको पनि विकास हुनुपर्ने बताए । साथै उनीहरुले विशेष गरि पदमा पुगेकाहरुले भ्रष्टाचार गर्दैन भन्ने सोचलाई प्रतिवद्ध भएर लाग्नुपर्ने बताए । भ्रष्टाचार विरुद्धको एक्ववद्धता नागरिक समाजकी आशमानी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण नविन चौधरीले गरेका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, वडा नम्वर चारका वडा अध्यक्ष भीमबहादुर सार्की, सात का खोपिराम चौधरी, नौ का मानबहादुर बस्नेत, ११का कुलबहादुर लामिछाने, १२का राजेन्द्र बुढा, १३का रविलाल घर्ति, १४का शक्तिराम डागी, १५का रमेश पाण्डे, १७का खुसिराम चौधरी, १८का भरत अर्याल लगायतले भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलतामा ऐक्यवद्धता जनाउदै सामुहिक हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *