इन्जिनयरिंग कलेजमा नव आगन्तुकलाई स्वागत

 

घोराही,२३ मंसिर । राप्ती इञ्जिनियरिंग कलेजले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कलेजले नंया विद्यार्थीहरुलाई स्वागत गरेको हो ।

Buddha International Hospital

Advertise with us

२०६४ सालमा स्थपना भएको कलेजले विभिन्न पूर्वधारहरु विस्थापित गरेको छ भने एउटा सफल कलेजको रुपमा आफ्नो चिनारी दिएको छ । वार्षिकरुपमा विद्यार्थीहरुको चाप पनि बढ्दै गैरहेको छ । कार्यक्रममा बि. ई.सिभिल,बि.सी.ए.,डिप्लोमा इन कम्प्युटर,टी.एस.एल.सी,सिभिल,इलेक्ट्रिकल र अमिन गरी विभिन्न तहका विद्यार्थीहरुलाई स्वागत गरीएको थियो ।

नेपाल पत्रकार महासंघ दांगका अध्यक्ष सबिन प्रियाशन, कलेजका अध्यक्ष शैलेन्द्र गिरी,प्रदेश न. ५ का सांसद दामा शर्मा लगायतले बोल्नु भएको थियो ।

राप्ती इन्जीन्यरीन्ग कलेजका अध्यक्ष शैलेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश न. ५ का सांसद दामा शर्माको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत मन्तव्य कलेजका म्यानेजर डाइरेक्टर भीमसेन गिरीको रहेको थियो ।’

Advertise with us