बिवाह सम्बन्धी कानुन ल्याउछाँै ः मन्त्री केसी


यमकला भुसाल

तुलसीपुर, मसिंर । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले अब बिवाह सम्बन्धी ऐन थप गर्ने बताउनुभएको छ । समाजमा बातावरणीय शिक्षाको विकास संस्थाको आयोजनामा शनिवार तुलसीपुरमा भएको जिल्ला स्तरीय बालबिवाह न्युनिकरण सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्दै केसीले यस्तो बताउनुभएको हो ।

Buddha International Hospital
Advertise with us

प्रत्येक वर्ष बालविवाहका घटनाहरु बढ्दै गएको बताउनु हुदै मन्त्री केसीले अब बिवाह सम्बन्धी ऐन थप गर्ने बताउनुभयो । उहाँले बालबिवाह न्युनिकरण लागी पञ्चवर्षीय योजना बनाएर अगाडी बढ्ने पनि बताउनुभयो । साथै उहाँले बालविवाह न्युनिकरणका कार्यक्रमहरु शहर मुखी नभई गाउँमुखी बनाउनुपर्नेमा जोड समेत दिनुुभयो ।

संस्थाकी अध्यक्ष राममती चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि प्रदेश सासंद उत्तरकुमार वलिले समाजमा भएको हिसांलाई रोक्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । अहिले प्रदेश सरकार शुन्य अवस्थाबाट सुरु भएको बताउनु हुदै वलिले ढिलै भएपनि कानुनलाई पुर्णता दिएर सरकार अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा विज्ञ परामर्शदाता दुर्गालाल केसीले बालविवाहको अवधारणा पत्र प्रस्तुत गर्दै राष्ट्रिय जनगणना २०६८ पछि दाङमा विवाह सम्बन्धी कुनै पनि भरपर्दा सर्बेक्षण भएको नदेखिएको बताउनुभयो । उहाँले दाङ जिल्लामा १० वर्ष माथीका कुल ४ लाख ३० हजार ६ सय ७ जना मध्ये १ हजार १ सय ७० जनाले १० वर्ष नपुग्दै विवाह गरेको बताउनुभयो । यसमा १ हजार २१ जना महिला र १ सय ४९ जना पुरुष रहेको उहाँले बताउनुभयो ।

यसैगरि २७ हजार ९ सय ८० अर्थात करिव ७ प्रतिशतले १० वर्ष देखि १४ वर्षको उमेरमा विवाह गरेको उहाँले जानकारी दिनुभयो । साथै उहाँले दाङ जिल्लामा ४३.२७ प्रतिशत अर्थात १ लाख ८६ हजार ६ सय १२ जनाले २० वर्ष अघि नै पहिलो विवाह गर्ने गरिएको बताउनुभयो ।

Advertise with us