‘दोषिलाई उन्मुक्ती दिन हुदैन’

कुनै पनि प्रकारको हिंसा गर्नेलाई दोषिलाई उन्मुक्ती दिन नहुने एक कार्यक्रमका सहभागिले बताएका छन । दोषीले उन्मुक्ती पाउदा नै हिंसाका घटना वढ्दै गएको उनीहरुको भनाई छ ।
अन्तर्रपार्टी महिला संजाल दाङले आयाजना गरेको लैंगिक हिंसा सम्बन्धी सर्वपक्षिय छलफल कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । दोषीले कानुनी अनुसारको कार्वाही नहुदा र फितलो कानुन कार्यान्वयकै कारण हिंसा वढदै गएको वताएका थिए । कार्यक्रममा नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावतले पीडितलाई सजाय दिन छाडेर उनमुक्ति दिदा नै जघन्य अपराध वढदै गईरहेकाले यो विषयलाई गंभिरताको रुपमा लिनु पर्ने वताईन् ।

 

Buddha International Hospital
Advertise with us


यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन गौतमले भौतिक हिंसा मात्रै नभएर मानसीक एवम आर्थिक हिंसालाई विचार गर्नु पर्ने वताए । पछिल्लो समयमा पुरुष हिंसा पनि वढ्दै गएको र यसको विषयमा पनि वहसको गर्नु पर्ने उनले वताए ।
कार्यक्रममा नेकपाकी प्रदेश सदस्य मेनका पोख्रेल, जिल्ला सदस्य तुलसा केसी, अन्तरपाटी महिला संजालकी निर्वतनमान अध्यक्ष पुनम शेपाइली लगायतले महिला हिंसाका घटना रोकिनुको साटो झन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।
अन्तरपाटी महिला संजालकी अध्यक्ष लिला विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्र्टी संजाल दाङकी सदस्य सुशिला पौडेलले कार्यपत्र प्रस्तुत गरेकी थिईन् । कोषाध्यक्ष देवा डाँगीको स्वागत मन्तवयवाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव बालीका शर्मा चौधरीले गरेकी थिईन् ।

Advertise with us