समय मै विद्यार्थीको हातमा पुस्तक पु¥याउन आग्रह

Advertise with us

रीता लामा

‘व्यवसायीक संरक्षण र सांगठनिक सशक्तिकरण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नेपाल स्टेश्नरी तथा पुस्तक व्यवसायीहरुको पाँचै अधिवेश एवम १८ औ साधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ ।
साधारणसभा एवम अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै वक्ताहरुले स्टेशनरी व्यवसायीहरुलाई विद्यार्थीलाई आवश्यक पर्ने पुस्तक समयमा उपलब्ध गराइदिन आग्रह गरेका थिए । वक्ताहरुले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको हातमा पुस्तक नपर्दा बालबालिकाले समयमा पढ्न पाउने अधिकार हनन भएको गुनासो गरे । साथै उनीहरुले यस विषयमा गम्भिर भएर आफनो जिम्मेवारी पुरा गर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

Advertise with us
यस्तै कार्यक्रममा बोल्दै दाङका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले जनक शिक्षा सामग्री केन्द्रको एउटा विक्रि केन्द्रमा जिल्लामा स्थापना गर्न माग गरेका थिए । व्यवसायीहरुले जनक शिक्षा सामग्री केन्द्रको विक्रि केन्द्र जिल्ला नहुँदा शैक्षिक सुधारमा समस्या देखिएको बताएका थिए ।

Buddha International Hospital

 


महासंघ दाङ शाखाका अध्यक्ष घनश्याम बरालले समयमा विद्यार्थीहरुलाई पाठ्यपुस्तकहरु उपलब्ध गराउन नसक्दा गुणस्तरिय शिक्षामा प्रश्न खडा भएको बताए । ‘जनक शिक्षा सामग्री केन्द्रको विक्री केन्द्र जिल्लामा छैन ।’ बरालले भने, ‘यसले गर्दा विद्यार्थीहरुलाई समयमै पाठ्य पुस्तक उपलब्ध गराउन सकिएको छैन ।’
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका मध्यपश्चिम उपाध्यक्ष भैरवबहादुर रावलले किताब ल्याउनका लागि नेपालगंज र बुटवल जानु पर्ने बाध्यता रहेको बताए । शिक्षक महासंघ दाङका अध्यक्ष अमर खड्काले विद्यालयका पाठ्यपुस्तकहरु समयमै उपलब्ध नहुने समस्या कायमै रहेको बताए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका प्रदेश संयोजक दिवाकर घिमिरेले जनक शिक्षा सामग्री केन्द्रसंग पहल गरे विक्री केन्द्र स्थापना हुन सक्ने बताए । घिमिरेले जिल्लाका पुस्तक व्यवसायीहरुलाई व्यवसायीक मर्यादा जोगाएर काम गर्न सुझाव दिए ।

 


नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ दाङका अध्यक्ष घनश्याम बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई समितिका प्रमुख सुर्यराज घिमिरे, दाङ उद्योग बाणिज्य संघका उपाध्यक्ष बसन्त जोशी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, सम्मानित व्यत्तित्व राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, व्यावसन दाङका अध्यक्ष यावद गिरी, नेपाल शिक्षक महासंघ घोराही उपमहानगरका अध्यक्ष निशान्त आचार्य, सम्मानित व्यक्तित्वहरु बसन्त विवस आचार्य, नविन अभिलाषी लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महासंघका द्धितिय उपाध्यक्ष कुम्भीर डागीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा महासंघले दाङको घोराहीमा केही बर्षपहिले सञ्चालन गरेको शैक्षिक महोत्सवलाई सफल बनाउन सहयोग गर्ने राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, पत्रकार नविन अभिलाषी, कार्यक्रम उद्घोषक गरेर सहयोग गर्ने बसन्त विवश आचार्य, जिल्लाका पुराना व्यवसायी नारायणपुर स्थीत प्रतिभा पुस्तक पसलका सञ्चालन गायत्रादेवी बराल, क्षेत्र अन्तर्गत लमही क्षेत्रका संयोजक सुशिल खनाललाई सम्मानित गरिएको थियो । कार्यक्रमको सहजीकरण सचिव प्रकाश शर्माले गरेका थिए ।