सिरिज दांगको कब्जामा

 

घोराही,२२ मंसिर । दांग कपिलवस्तु महिला मैत्रिपुर्ण सिरिज २०७५ मा २-० ले विजयी हुदै सिरिज जित्न सफल भएको छ । दांग क्रिकेट संघको आयोजनमा दांग र कपिलवस्तुको निर्भाना क्रिकेट एकेडमी बीच शुक्रबार र शनिबार भएको दुवै खेलमा दांग भारी अन्तरले विजयी भएको हो ।

Buddha International Hospital

Advertise with us

आज भएको दोश्रो खेलमा दांगले टस जितेर पहिलो ब्याटिंग गर्दै आफ्ना ७ विकेट गुमाई २ सय रनको विशाल योग तयार गरेका थिए ।जसमा दांगका खिलाड़ी लक्ष्मी चौधरी,नगीता पुन,मञ्जु चौधरी र सरस्वती जीएमले क्रमश ३६,३०,२३ र १९ रन बनाएका थिए । १ सय १ रनको लक्ष्य लिएर मैदानमा उत्रेका निर्भाना क्रिकेट एकेडमी १४ ओभरमा जम्मा ६२ रन बनाएको थियो ।

जसमा गोमा आलेले मात्र दोहरो अँक १३ रन बनाउन सकेकी थिइन । बलिंग तर्फ दांगकी रविना चौधरीले ३ ,नगीता पुनले ३,अनिता चौधरी,समीक्षा भण्डारी र कमला जीएमले १-१ विकेट लिन सफल भएका थिए ।म्यान अफ द म्याच दांगकी नगीता पुन भएकी थिइन । जित्ने खिलाड़ीहरुलाई संघका सनत श्रेष्ठ र सुनिलराज भण्डारीले शिल्ड र मेडल अनि प्रमाण पत्रले पुरस्कृत गर्नु भएको थियो ।

समापन कार्यक्रम क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंयाको अध्यक्षतमा भएको थियो भने कार्यक्रममा वार्ड न. १७ का अध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।