कथा : ” टुटेको एउटा सपना ”

Advertise with us

दीपक जीएम

Buddha International Hospital

जीवनले पनि अचम्मसँग खेल खेल्छ । कहिले वारि त कहिले पारि । सम्झनामा समर्पित यो जीवनको कथा व्यथा त सिङ्गो दोसाधमा पिल्सिएको वर्तमान झैं छ । जहाँ आफूसँग क्षणिक भरको सम्बन्ध राख्दछ । लाग्छ, मानव जीवन यात्रा समयको खेलमा अल्झिएको हुन्छ ।

Advertise with us

यही समयले उसलाई जता लैजान खोज्छ, उतै पाइला चाल्नुपर्ने उसको वाध्यता र विवशता बन्दछ । फेरि जे सोच्छ, जे चाहन्छ, त्यो पुग्ने भए पनि हुन्थ्यो । तर, ‘हुने हार, दैव नटार’ आखिर मानव भएर नै के गर्नु । कोही कसैलाई असफलताको डोरीमा घायल जिन्दगी अल्झाउनुपर्ने । त्यसैगरी यही पापी समयको दोसाधमा पिल्सिएको सिवनको प्रेम र वर्तमानमा धसिएको छ । उसको अतितको प्रेम कहानी । समयको हिडाईमा सिवन आफू क्याम्पस पढ्ने भए पनि आफू पढेको पुरानो विद्यालयको यादले उसलाई समय समयमा धकेल्दै थियो ।

२०–२५ दिन नबित्दै सिवन कक्षा–९ मा पढ्ने सुशीला नामकी एक युवतीसँग प्रेम सम्बन्ध राख्न विवश भएछ । जब सिवन प्रेम सम्बन्धमा पर्यो। तब, उसको जिन्दगी खुसी हाँसो र एउटा सानो कोठाभित्र देखिएका दर्जनौं सु–कोमल फूलको सौन्दर्यझैं कल्पना एकल सोचाई र भविष्यका वास्तविक लक्ष्यसँगै समय बितिरहयो। सायद्, सिवन र सुशीलाको प्रेम सम्बन्ध नस्विकार्ने कोही पनि थिएनन् यस समाजमा । समाजमा सबैले ती दुई जोडी देख्दा परेवाको जोडीको संज्ञा दिँदै ईश्वरको वरदानका रुपमा लिने गर्दथे । साँच्चै नै सिवन र सुशीला पनि खुसीका साथ समयापन गरिरहेका थिए । कहिले सुनसान वातावरणमा नदीको सुशेलीसँगै गफमा मख्ख हुन्थे त कहिले विद्यालयको छेउछाउमा बसी आफ्नो वर्तमान र भविष्यको बारेमा कुरा गरिरहन्थे । सायद् सिवन र सुशीला एक अर्काविना बाँच्न नसक्ने अवस्थामा पुगिसकेका थिए । सिवन त झन् हरपल सुशीलाको बारेमा मात्र सोचिरहन्थ्यो । उसको मनमा सुशीलाको माया गढिसकेको थियो । हरपल हर सपना, हर कल्पना सबै सुशीलाको बारेमा मात्र देख्न थाल्यो ।समय बित्दै गयो । आज सिवन र सुशीला बीचको प्रेम सम्बन्ध बाँधिएको पनि दुई वर्ष भयो । केवल, खुसी र अन्य आनन्दले ती दुई जोडीले समय बितेको थाहा पाएनछन् । उनीहरुको प्रेम सम्बन्ध अझै गाढा हँुदै गयो । सायद्, सोचेको सबै सबैका लागि पुग्ने भए बाहिरी रुपमा कृत्रिम हाँसो छर्न बाध्य हुने थिएनन् कोही । कसैका लागि समय पनि कति निर्दयी बनि दिन्छ । जिन्दगीको कुनै क्षणमा पनि नसोचेको कुरा आइलाग्छ । त्यसैले त होला प्रेममा उभिएका कतिपय प्रेमी पात्रहरु पागलपनसँगै छुट्टै संसारमा रमाइरहेका हुन्छन् त कोही मृत्युको संघारमा प्रेमको उपलक्ष्यमा जीवनदान गर्न पनि पछि पर्दैनन् । यस्तै समयको दौरानमा एकदिन सुशीलाको घरमा एउटा धनको सम्राट सुशीलाको हात माग्न भनि आउँछ । धनको लोभमा मात्र भए पनि उनका सम्पूर्ण परिवारले सुशीलाको हात दिने निधो गरेछन् । सुशीलाले कतिपटक नकार्न खोजिछन् । तर, वंशाणुगत गुण त अरुको नभएर उही बाबु आमाको थियो सुशीलामा पनि । त्यसैले सुशीलाले पनि प्रशस्त धनको थुप्रोदेखि बिचरा गरीब सिवन, अतितमा देवि देउता भाकि कसम खाएको र सिवनको हातबाट रगतको सिन्दुर आफ्नो सिउदोमा परेको भुलेकी छिन् । सुशीलाले र आफू धनको सम्राटसँग विवाह गर्न मञ्जुरी भएकी छन् । मंसिर महिना थियो सिवन केवल अरुको विवाह देखेर आफू र सुशीला बीचको विवाह भएको मात्र देख्दथ्यो । तर, गरीव व्यक्ति कसको के नै सफल बन्दथ्यो र । सिवनले जब धनका मालिकहरुको विवाहको बारेमा सुन्यो । तब, गहभरि आँसु सजाउनु वाहेक केही थिएन । सिवनसँग न त प्रशस्त धन नै थियो, न त सुशीलाको शरीर ढाक्ने सुनको कपडा, केवल माया सुशीलाका लागि । तर, एकोहोरो मायाले केही हुँदो रहेनछ । सिवनले प्रेम त गर्यो तर, प्रेमको फलमा नशा विनाको जिउन नसक्ने भयो । जे होस्, पिएर न चोट निको पार्न सकिन्छ, न त आफ्नो प्रेम फर्काउन नै सकिन्छ भन्ने कुरा लिइसकेको थियो । त्यसैले उसले पिउन पनि छाडिदियो, केवल सोच्न थाल्यो सुशीलाको खुसी नै मेरो जीवनको खुसी हो भनेर। एकदिन सिवन आफ्नो प्यारो झुपडीको अगाडि बसिरहेको थियो । जुन समयमा आइरहेका थिए बाटोमा सुशीला र धनको सम्राट । जब सिवनले यी दुईलाई देख्यो । त्यसपछि मनमनै भन्यो, ‘आहा कस्तो सुहाउँदो जोडी, उमेर पनि कति सुहाउँदो, सफल रहोस् तिमीहरुको जिन्दगी, अनि सुशीला दिर्घायू पत्नी बन्नू, शुभ दाम्पत्य कामना’ ।

मनमनै गन्थन गर्दै ती जोडीलाई मनमनै विदाई गर्दै हल्लायो सिवनले आफ्ना निर्दोष हातहरु….। साथै गहभरी आँसु चुहायो ।