पाँच वर्षीया बालिकामाथि सामूहिक ‘वलात्कार’, चिच्याइरहेको अवस्थामा फेला परिन् बालिका

बुटवल,मंसिर | रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि शुक्रबार राती सामूहिक बलात्कारको प्रयास भएको छ ।  देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो ।

Buddha International Hospital

Advertise with us

बालिका बलात्कार गरेको आशङ्कामा स्थानीय ६ युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिए । पीडित बालिकाको यौनाङ्गबाट रगत बगिरहेको र उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको समेत प्रसनि थापाले जानकारी दिए ।

पक्राउ परेका ६ जनालाई नै हिरासतमा राखी अनुसन्धान थालिएको समेत उनले जानकारी दिए ।

पीडित बालिकाकी आमा माइतीमा सुत्केरी बस्न गएकी र बाबुसमेत सुत्केरी श्रीमती भेट्न गएको अवस्थामा घरमा वृद्ध बाजेबजैसँग रहेकी बालिकामाथि घटना भएको देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसीले बताए ।

बालिका बेलुका घरमा नदेखेपछि बाजेले खोज्दै जाँदा केही पर पक्राउ परेका युवकसँगै चिच्याइरहेको अवस्थामा फेला परेको स्थानीयको भनाइ उद्धृत गर्दै नगर प्रमुख केसीले जानकारी दिए ।

Advertise with us