जेब्रा क्रसिङ्ग निर्माण गरिँदै

तुलसीपुर, मंसिर  । हर्न निषेध अभियानलाई प्रभाबकारी बनाउन तुलसीपुरमा जेब्रा क्रसिङ्ग बनाउन शुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा शुक्रबार देखि चार स्थानमा जेब्रा क्रसिङ्ग बनाउन थालिएको हो ।

Buddha International Hospital

Advertise with us

शुक्रबार तुलसीपुरको नेपालगंज रोड र सल्यान रोडमा जेब्रा क्रसिङ बनाईएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्रबहादुर केसीले बताउनुभयो । उहाका अनुसार शनिबार सुर्खेत रोड र घोराही रोडमा पनि जेब्राक्रसिङ्ग निर्माणको काम पुरा भएको छ ।

जेब्रा क्रसिङ्गबाट पैदल यात्रुहरुलाई बाटो काट्न सहज होस भनेर जेब्रा क्रसिङ्ग बनाउन थालिएको उहाको भनाई छ । गएको शनिबार तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरिएको थियो ।

Advertise with us