घरेलु टोली पोखरा फाइनलमा काठमाडौं र चितवन प्ले अफमा

Advertise with us

पोखरा। घरेलु टोली पोखरा पल्टन नमस्ते पोखरा प्रिमियर पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पीपीएल अन्तरगत शनिबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेसँगै पोखराले लिगको शीर्ष स्थानमा रहँदै प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको हो ।

Buddha International Hospital

 

Advertise with us

पोखराले नेट रनरेटमा चितवन राइनोज र काठमाडौं रोयल्सलाई पछि पारेको थियो । नेट रन रेटमै पछि पर्दै धनगढी ब्लुज प्रतियोगिताको लिग चरणबाटै बाहिरिन बाध्य बन्यो । पोखरा, चितवन, काठमाडौ र धनगढीको समान ५ खेलबाट ६ अंक रहेको थियो । बुटवल र धनगढीले समान ४ अंक जोडे ।

काठमाडौंको दिएको १ सय ४ रनको सामान्य लक्ष्य पोखराले १५ ओभर ५ बलमा ६ विकेट गुमाउँदै जित हात पा¥यो । पोखराका लागि मोहमद नविदले सर्वाधिक ३६ रन जोडे । उनले १५ बलको सामना गर्दै ५ छक्का प्रहार गरे । अमरसिंह राउटेलाको १६औं ओभरको सुरुवाती तीन बलमा नाभिदले लगातार ३ छक्का प्रहार गरेका थिए । रोहित कुमार पौडेलले पनि नटआउट १५ रनको योगदान दिए । रवी इन्दर सिंहले २२ रन जोडे । ओपनर कुशल भुर्तेलले १४ तथा आसिफ शेखले १६ रन जोडे । अमरसिंह राउटेलाले ३ तथा सुशन त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं १९ ओभर १ बलमा १ सय ३ रनमा अलआउट भएको थियो ।

खराव शुरुवात गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान दिए । मल्लले २८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर अमित श्रेष्ठले १७ बलमा ३ चौका र १ छक्काको मद्दतमा २१ रन जोडे । पवन सर्राफ १२ तथा नरेश बुढाएर ६ रनमा पेभेलियन फर्किए । बसन्त रेग्मी १९ रनमा नटआउट रहे ।

काठमाडौंले १३ रन जोड्दा पहिलो विकेटको रुपमा जयकिसन कोल्सावालालाई शुन्यमा गुमाएको थियो । त्यसपछि गौरव तोमर पनि शुन्यमै आउट भए । दुवै विकेट मोहम्मद नाभिदले हात पारेका थिए । आदिल खान ७ रनमा रन आउटको शिकार भए । कसिलो बलिङ गरेका मोहम्मद नाभिदले आफ्नो स्पेलको ४ ओभरमा १२ रन खर्चदै २ विकेट लिए । ललित नारायण राजवंशीले ३ विकेट लिए । रसिद खानले २ तथा विक्रम भुषालले १ विकेट लिए । पोखराका मोहम्मद नाभिद खेलको म्यान अफ दि म्याच घोषित हुदै १० हजार रुपैया प्राप्त गरे ।

पोखराका कप्तान शरद भेषावकरले विपक्षीलाई सानो स्कोरमा रोक्न सक्नु नै टिमको जितको आधार बनेको बताए । ‘सानो स्कोर जहिल्यै रोमाञ्चक हुन्छ, शनिबार त्यस्तै भयो । राम्रो शुरुवात गर्न जरुरी थियो । तर, हामीले राम्रो शुरुवात गर्न सकेनौ,’ जितपछि कप्तान शरदले भने, ‘हामीले अवस्था हेरेर खेल्यौं । बीचमा प्रेसरमा परेपनि नाभिदले आएर फिनिस गरे । टी–२० मा यस्तै हुन्छ । आज नाभिदको पालो देखियो । उनले टिमलाई जिताए ।’

काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले राम्रो शुरुवात र मिडल अर्डरका ब्याट्सम्यानहरुले अवस्था अनुसार खेल्न नसक्दा हार बेहोर्नुपरेको बताए । ‘हामीले चितवनलाई पराजित गरेसँगै फाइनल पुग्ने योजना बनाएको थियो । तर, त्यसपछि हामीले सोचेजस्तो खेल्न सकेनौं । तर, हामीले अर्काे एक मौका पाएको छ,’ कप्तान मल्लले भने, ‘बलियो पुनारगमनसहित फाइनल पुग्ने योजना बनाउनेछौं । रोज्नु केही छैन, जो आएपनि जित्नु छ । हामी हाम्रो गेममा फोकस हुदै खेल्नेछौ ।’

पीपीएल अन्र्तगत आइतबार चितवन र काठमाडौंबीत इलिमेटरको खेल बिहान ११ बजेपछि हुनेछ ।