बचत गर्ने बानिले व्यवसायी बनायो

पार्वती बस्नेत
घोराही, २१ मंसिर । पन्ध्र वर्षको उमेरमा बिहे भएर घर भित्रिदा खुभागी चौधरीलाई अब चुलो चौकामै जीवन बित्ने भयो भन्ने लागेको थियो ।

Advertise with us
तर हिजोआज उद्यमीको रुपमा समाजमा स्थापित हुदा आफुलाई निक्कै खुसी लाग्ने गरेको खुभागीले बताउछिन ।

Buddha International Hospital

‘पढ्ने उमेरमै बा आमाले बिहे गरेर अर्काको घरमा पठाईदिए, अवसर पाए केही त गर्न सक्छु कि भन्ने लागिरहन्थ्यो ।’ उनले भनिन ‘दैनिकी चलिरहेकै थियो तर तर जव हेफर ईन्टरनेश्नल नेपाल र नेपाल महिला सामुदायिक सेवा केन्द्र बचत गर्न सिकायो तव दैनिकी फेरियो ।’ उनले यी दुइ संस्थाको साझेदारीमा शुरु भएको कार्यक्रमले आफुलाई मान्छे बन्न सिकाएको दावि गर्छिन । भन्छिन‘बचत गर्ने बानिको विकास मात्रै गरेर उद्यमी समेत बनायो ।


हेफरले स्थापना गरेको महिला समुहमा बसे पछि चौधरीलाई पैसा कसैले लगेर जान्छन् की, बचत किन गर्नुपर्यो भन्ने लागिरहन्थ्यो, तर पछि हेफर ईन्टरनेश्नल नेपालबाट आधारशिला तालिम पाए लगत्तै उनले आफुले आफुलाई मुल्याङकन गर्दै आर्थिक उपार्जनमा लागिन र जीवन बदलिन ।

अहिले उनले आफुसँगै रहेको साढे चार कठ्ठा जमिनबाट शुरु गरेको व्यावसायिक तरकारी खेतिले मासिक रुपमा ३५ देखि ४० हजारसम्म आम्दानी हुदाँ निकै खुसी लाग्ने गरेको बताउछिन ।

हेफरबाटै व्यवसायी तरकारी खेतिको तालिम पाए पछि उनले पनि तरकारी खेतिलाई आफनो आम्दानीको राम्रो बाटो बनाएकि छन ।

छोरा छोरीको पढाई लेखाई, घर खर्च लगायत अन्य सबै खर्च कटायर पनि तरकारी व्यावसायबाट नै उनले थप जमिन पनि जोडिसकेकी छन ।
दुइ छोरी र एक छोराकी आमा खुभागीले नाति पनि देखि सकेकी छन । तर आफ्नो काम काज भने अझै मेहनतका साथ गरिरहेकी छन । उनी आफुले पढ्न नपाएकोमा मनमा निकै गुनासो भए पनि छोरीहरुलाई भने जसरी पनि उनीहरुले चाहे जति पढाउने उनको धोको छ ।

त्यत्तिमात्र होईन् आर्थिक शसक्तिकरण तथा सवलीकरणका सवालमा घरमा बस्ने आफु जस्ता गृहणी महिलाहरुले घरको कामसँगै कृषिका कामहरु पनि शसक्त रुपमा मिहेनतका साथ काम गर्ने हो भने देशमा कृषिले फड्को मार्नेमा उनी आशाबादी छन । व्यावसायिक तरकारी खेतिबाट उत्साहित खुभागीले उत्पादन गरेको तरकारी लमही बजारमा ल्याएर बेच्ने गरेकी छन ।

नेपाललाई कृषिप्रधान भनेता पनि सरकारले कृषिका सवालमा त्यत्ति धेरै सहयोग नगरेकोमा भने उनको गुनासो छ । साथै सरकारले तरकारी उत्पादनका साथै बजारीकरणका सवालमा पनि सक्दो सहयोग गर्नुपर्ने उनी बताउछिन ।

Advertise with us