महिला हिंसा विरुद्ध निरन्तर खवरदारी गरिरहेका छौ ः डा.संग्रौला

Advertise with us

नेपाली काग्रेसकी नेतृ डा. डिला संग्रौलाले आफुहरुले महिला हिंसा विरुद्धको अभियानलार्ई ससक्त रुपमा अगाडी बढाइने बताएकी छन । उनले महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान चलिरहेको र निर्मलाले न्याय नपाएको अवस्था स्थानमा निर्मला कै निम्ती आफुहरु देश व्यापी रुपमा अभियान चलाइरहेको बताएकी छन ।
प्रेस युनियन दाङले विहिवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेनलमा बोल्दै पुर्व मन्त्री समेत रहेकी संग्रौलाले सरकारले न्यायोचित ढङगले काम गर्न नसकेको भन्दै सरकारको कडा रुपमा आलोचना गरेकी थिइन । सरकारले निर्मलालाई न्याय दिन नसकेको हुदाँ आफुहरुले निर्मलाको निम्ती आवाज उठाइरहेको बताइन ।
युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण सचिव आरके शितलले गरेका थिए ।

Advertise with us

 

Buddha International Hospital