प्रहरी जवानको सम्मान

केही दिन पहिले घोराही उपमहानगरपालिका १७ गुलरियामा रहेको कृतिम तलाउमा डुबेर मृत्यु भएका लक्ष्मण डिसीको शव निकाल्ने प्रहरी जवानलाई मृतकका परिवारले सम्मान गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षीय लक्ष्मण डिसीको शव निकाल्ने प्रहरी जवान प्रभु सुनारलाई डिसीको परिवारले विहीवार सम्मान गरेको हो ।


जिल्ला पं्रहरी कार्यालय परिसरमै पुगेर सुनारलाई डिसी परिवारले नगद सहित सम्मान गरेको हो । नगद ५ हजार सहित अविर र मालाले प्रहरी जवान सुनारलाई सम्मान गरिएको थियो ।

Buddha International Hospital
Advertise with us

त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तिले प्रहरीको मनोबल बढाउने गरि डाँगी परिवारले प्रहरी जवान प्रभु सुनारलाई सम्मान गरेको धन्यवाद ज्ञापन गरेका थिए । घोराही उपमहानगरपालिकाले गुलरियामा निर्माण गरेको कृतिम तालमा मंसीर ९ गते डुबेका डिसीको शव चार दिन पछि प्रहरी जवान प्रभु सुनारले फेला पारेका थिए । बर्दिया घर भएका सुनार जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत छन् ।