११ हेक्टरमा व्यवसायिक आलु खेती

Advertise with us

दाङ घोराही उपमहानगरपालिका–१० अमराईमा स्थित उज्जवल दिदिबहिनी महिला कृषक समूहले ११ हेक्टर जमिनमा व्यवसायिक आलुखेती सुरु गरेको छ । साना तथा मझौला आयस्तर आयोजना .(रिजम)को सहयोगमा महिलाहरुले दाङमा पहिलो पटक व्यवसायिक आलु खेती गर्न थालेका हुन ।

Buddha International Hospital


Advertise with us
११ हेक्टर अर्थात १६ विघाह जमिनमा रिजम नेपालको १४ लाख ४ हजार र समूहको २४ लाख ९३ हजार ५ सय ४० गरि जम्मा ३८ लाख ९७ हजार ५ सय ४० रुपैयाँको लागनीमा व्यवसायीक आलु खेती सुरु गरिएको उज्जवल दिदीबहिनी महिला कृषक समूहकी अध्यक्ष गीता रावतले जानकारी दिइन ।


रावतका अनुसार करिव आठ विगाह जमिन समुहमा आवद्ध महिला दिदी बहिनी र बाँकी आठ विगाह जमिन भाडामा ल्याएर आलु खेती गर्न थालेको छन । जसमा रिजन नेपालको र कृषक समूहको साझेदारीमा महिलाहरु कृषि व्यवसायमा लागेका हुन । पहिलो पटक व्यवसायिक रुपमा आलु खेती गर्न पाउँदा आफुहरु खुशी भएको समूहकी सचिव सपना चौधरीले बताइन ।

उनका अनुसार समूहमा आवद्ध करिव २५ जना महिलाहरुले कसैले आफनो जग्गा तथा कसैले जग्गा भाडामा लिएर आलुखेती गर्न थालेको बताइन ।