मनाङ मस्र्याङ्दी क्लब च्याम्पियन

काठमाडौं । नेपालको ए डिभिजन क्लब मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा भएको गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।

Buddha International Hospital

Advertise with us

पाल्जोर रंगशालामा भएको खेलमा इन्डियन रेड आर्मीलाई १–० ले हराउँदै मनाङले उपाधि जितेको हो । मनाङका लागि एकमात्र गोल सुजल श्रेष्ठले गरेका थिए । उनले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलेको निर्णायक बनेको थियो ।

फुटबलमा ए डिभिजन लिगको विश्रामको अवसरमा सिक्किम पुगेको मनाङले बाई पाएर सोझै क्वार्टरफाइनल खेलको यिथो । क्वार्टरफाइनलमा कोलकाता कस्टम्सलाई ४–२ ले हराएको मनाङले कोलकाता एटिकेलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

 

राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य समेत रहेका सुजलले सिक्किममा मनाङले खेलेका सबै ३ खेलमा गोल गरे । क्वार्टरफाइनलमा २ गोल गरेका सुजलले सेमिफाइनलमा पनि १ गोल गरेका थिए । सेमिफाइनलमा डोना थापाले ह्याट्रिक गरेका थिए ।

Advertise with us