कार्यालयका प्रमुखहरुलाई स्वागत

 

Blog Post Ad

अफिसर्स क्लव तुलसीपुरले बुधवार विभिन्न कार्यालयमा सरुवा भएर आएका कार्यालय प्रमुखहरुलाई स्वागत गरेको छ ।

Blog Post Ad


क्लवले उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका प्रमुख खडानन्द गौतम, राप्ती अञ्चल अस्पतालका प्रमुख डा सर्वेश शर्मा, इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डन, नापी कार्यालय तुलसीपुरका प्रमुख शरद आचार्य, नेपाख खाद्य संस्थानका प्रमुख माधव मिश्रलाई एकै पटक स्वागत तथा सम्मान गरेको हो ।


त्यसैगरी सशस्त्र बेस क्याम्पका प्रमुख अशोक न्यौपाने, पशुसेवाका कार्यालयका कमल कुशुम आचार्य, आन्तरिक राजश्व कार्यालयका कर अधिकृत लक्ष्मणसिह श्रेष्ठ, जलाधार व्यवस्थापन कार्यालयका अधिकृत जिउत राउत अहिर लगायतकालाई पनि स्वागत तथा सम्मान गरेको थियो ।

क्लवका सल्लाहाकार तथा उच्च अदालत तुलसीपुरका रजिष्ट्रार श्रीलाल पौडेल, क्लवका कार्यवाहक अध्यक्ष नारायणी रजौरेले खाँदा, पुष्प गुज्छा र क्लवको रसिद दिएर स्वागत गरेका थिए ।

सो अबसरमा बोल्दै क्लवका सल्लाहाकार तथा उच्च अदालत तुलसीपुरका रजिष्ट्रार पौडेलले राष्ट्र सेवक कर्मचारीहरुको प्रमुख दायित्व नागरिकहरुलाई छिटो छरितो, उत्कृष्ट सेवा प्रवाह गर्नु रहेको र बाँकी बचेको थोरै समयमा सामाजिक काममा लगाउँदा समाजप्रतिको दायित्व बोध हुने बताए ।

सो अवरसमा उच्च सरकारी वकिल कार्यालयका प्रमुख खडानन्द गौतम, वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शिवराम अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम क्लवका कार्यवाहक अध्यक्ष नारायणी रजौरेको अध्यक्षता तथा सहजीकरण क्लवका सदस्य कमल घलेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *