उपमहानगरमा ‘रेपिड रेस्पोन्स टिम’

 

Buddha International Hospital

घोराही, १९ मङ्सिर (रासस)ः घोराही उपमहानगरपालिकाले महामारी रोग तथा प्रकोपजन्य रोग निवारणका लागि तत्काल सुनुवाइ गर्न ‘रेपिड रेस्पोन्स टिम’ नाम दिएर एउटा समिति बनाएको छ । उपमहानगरको स्वास्थ्य शाखाले जनस्वास्थ्य प्रर्वद्धन समितिका संयोजक खोपीराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय उक्त समिति बनाएको हो ।

Advertise with us

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीमगरले दिएको जानकारीअनुसार उक्त समितिमा स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी, शहरी स्वास्थ्य क्लीनिक, स्वास्थ्य स्वयं सेविका र स्थानीयवासीलाई सहभागी गराइएको छ । उहाँका अनुसार उपमहानगरले पहिलोचरणमा नगरस्तरीय समिति बनाए पनि अब त्यो समितिलाई वडा वडामा प¥याइने छ । जसमा सम्बन्धित वडाध्यक्ष समितिको संयोजक रहने व्यवस्था गरिएको छ । सदस्य सचिवमा स्वास्थ्य संस्था प्रमुख, वडा सदस्य, महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य संस्थाको फोकल पर्सन एकजना सदस्यमा रहने व्यवस्था गरेको छ ।

उपमहानगरका प्रमुख नरुलाल चौधरीका अनुसार महामारी तथा विपद् व्यवस्थापनका लागि औषधि उपमहानगरभित्रका नारायणपुर स्वास्थ्यचौकी, सैघा, धर्ना, रामपुर र नयाँबजार स्वास्थ्य केन्द्रमा तयारी अवस्थामा राखिने छ र विपतको समयमा दु्रत गतिमा प्रभावित जनतासमक्ष सेवा पु¥याइने छ । नगर प्रमुख चौधरीले कुनै पनि महामारी र विपद् आउनै नदिन अपनाउन सकिने उपायको बेलैमा खोजी गर्नुपर्ने हुँदा आफुहरुले पहिलो चरणमा समिति गठन गरी जिम्मेवारी दिएर नयाँ कामको थालनी गरेको बताउनुभयो ।

उहाँले जनप्रतिनिधि र स्वास्थ्यका कर्मचारीलाई महामारीका साथै कुनै पनि रोग लाग्नै नदिन समाजमा सचेतना फैलाउन निर्देशन समेत दिइसकेको बताउनुभयो ।

Advertise with us