उवासंघ द्धारा प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई विदाई

Advertise with us

दाङ, १९ मंसिर । दाङ वाट सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारी गजेन्द्रवहादुर श्रेष्ठ लाई विदाई गरीएको छ ।

Buddha International Hospital

Advertise with us

दाङ जिल्ला उद्योग वाणिज्य संघले वुधवार एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी श्रेष्ठ लाई विदाई गरेको हो । श्रेष्ठ गोरखा जिल्ला सरुवा भएर जान थालेका हुन । कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आफनो १७ महिनाको दाङ वसाइमा सम्पुर्णको सहयोग पाएको बताए । एकलैले मात्र केही गर्नेनसकिने भन्दै सवैको सहयोग आवस्यक पर्ने उनको भनाइ रहेको छ ।

सवैको सहयोगले नै जिल्लामा काम गर्ने सहज भएको उनको भनाइ रहेको छ । आफुले काम यो गरे त्यो गरे भनेर भन्नु भन्दा पनि जनताले नै काम के गयो भनेर वुझने बताए । ‘काम गरे भन्दा पनि के गरे त्यो तपाइ हरुले नै देख्नु भएको छ’ प्रजिअ श्रेष्ठले भने । आफुले जिल्ला वसाइको क्रममा सकेजति काम गरेको बताए । कार्यक्रम संघका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा भएको थियो ।

वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा धन्यावाद ज्ञापन उद्योग उपाध्यक्ष वशन्त जोसीले गरेका थिए । भने कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गरेका थिए ।