सुवेदीको जिवनरक्षाका लागि अपिल

राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिकाले एक प्रेश बिज्ञप्ती जारी गर्दै पार्टीका गाउँपालिका सहसचिव हरि सुवेदीको जिवनरक्षाका लागि आर्थीक सहयोग गर्न सबैमा अनुरोध गरेको छ । गढवा गाउँपालिका वडा नं. १ कालाकाटे निवासी हरि प्रसाद सुवेदीको १ हप्ता अघि एक्कासी दिमागको नशा फुटेर हाल भैरहवा मेडीकल कलेजको आईसियु कक्षमा उपचार भै रहेको पार्टिले जनाएको छ ।

Buddha International Hospital

Advertise with us

निजको आर्थीक अवस्था अत्यन्तै कमजोर अर्थात् एकधुर पनि जग्गा नभएको र ऐलानीमा घर बनाई बसोवास गरेकाले उपचारका लागि आर्थीक सहयोग गरिदिन पार्टिले सबैमा अनुरोध गरेको छ ।

सुवेदी जनता माध्यमिक विद्यालय कालाकाटेका पुर्व अध्यक्ष, वन महासंघ दाङका पुर्व सदस्य, रक्तिम सांस्कृतिक अभियानका पुर्व जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य र गढवा गाउँपालिका भित्र क्रियाशिल दर्जनौ सामाजिक संघसंस्थामा क्रियाशिल ब्यक्तित्व भएको पार्टीका गाउँपालिका अध्यक्ष कपिलदेव खनालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएकोे छ ।

उपचारको क्रममा ४३ बर्षिय हरि सुवेदी जिवनरक्षा समितीले साढेचार लाख बढी रकम चन्दा संकलन गरेर उपचार खर्चमा लगानी भै सकेको र होसमा आएर बाँच्ने आशा देखिएकोले उनको जिवन बचाउँनका लागि सम्पूर्ण सरकारी गैरसरकारी निकाय, उद्योगी, ब्यवसायी, सामाजिक ब्यक्तित्वहरु लगायत आम जनमानसमा आर्थिक सहयोग गरिदिन पार्टिले अनुरोध गरेको छ ।

आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरुले कर्णली बिकास बैंक भालुवाङमा रहेको निजको श्रीमति केसी कुमारी जैसीको बैंक खाता नं.०१२०१२००५०००००१३१०००००१ रकम जम्मा गर्न अर्थात् फोन नं. ९८४९६५७१३६ मा सम्पर्क गर्न बिज्ञप्तिमा अनुरोध गरिएको छ ।