गढवा गाउँपालिकाको विद्यालय अनुगमन अभियान


गढवा गाउँपालिकाले बुधवार पनि गढवाका २ वटा विद्यालयहरुको अनुगमन गरेको छ । वडा नं. ६ को दुर्गम भूगोलमा अवस्थित खबरी खुटीमा रहेको वालबुद्धि प्राथमिक विद्यालय तथा वडा नं. ६ मनिकापुर स्थित दुर्गा आधारभूत विद्यालयको गाउँपालिकाले अनुगमन गरेको हो ।

Buddha International Hospital
Advertise with us

अनुगमनको क्रममा ति विद्यालयहरुमा नियमित पठन पाठन भएको पाइएको र विद्यालयमा भएका कमि कमजोरीहरुलाई सुधार गर्न टोलीले सुझाव दिएको छ ।

अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, शिक्षा शाखाका संयोजक श्याम बिश्वकर्मा, वडा नं. ६ का वडा अध्यक्ष वालचन्द्र ठकुरी हमाल, स्रोतब्यक्ति मोहन दाहाल र पत्रकार समेतको उपस्थिती रहेको थियो ।