यामाहा आर१५ भी३ अब नेपालमा, यस्ता छन् फिचर

Advertise with us

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित सुपर स्पोर्टस बाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ । नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ ।

Buddha International Hospital


Advertise with us
बाइकमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको छ ।


सन् १९९८ मा यामाहा आर१ लन्च भएपछि सुरु भएको रेसिङ विरासतलाई निरन्तरता दिँदै यामाहाले नयाँ आर१५ भी३मा पनि त्यस्तै बेजोड प्रविधि र पर्फमेन्स दिने फिचरहरु राखेको जनाएको छ । यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सीसीको इन्जिन जडान गरिएको छ जसले १०,००० आरपीएममा १९.३ पीएसको पावर र ८५०० आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ । नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य ४ लाख १९ हजार ९ सय कायम गरिएको छ ।

आर१५ भी३ का फिचर
–    ५८ एमएम बाई ५८.७ एमएमको नयाँ बोर एक्स स्ट्रोक रेसियो र उच्च कम्प्रेसन रेसियो भएको १५५ सीसीको ठूलो इन्जिन
–    लामो समयसम्म टिक्ने उच्च गुणस्तरको एलुमिनियम पिस्टन र डायसिल सिलिन्डर
–    ५.५ लिटरको एअर क्लिन (जुन अघिल्लो पुस्ताको भन्दा ६० प्रतिशतले ठूलो छ), ३० एमएमको ठूलो इन्टेक पोर्ट र भल्भ डिजाइन
–    पम्पिङ लस घटाउने र पावर बढाउने नयाँ डिजाइनको क्र्यांक केस भेन्ट
–    चाँडै इन्जिनलाई वार्म–अप गर्ने प्रविधि
–    नयाँ डिजाइनको मफलर
–    आर१ र आर६बाट प्रभावित डिजाइन र स्टाइल
–    ब्युटी र स्पिडको संयोजनलाई झल्काउने ग्राफिक्स
–    आर१ को झल्को दिने फ्रन्ट फेस
–    एयरफ्लोलाई भिजुअल फर्म दिने फेरिङहरु
–    पर्फमेन्स र ह्यान्डलिङलाई प्रतिविम्बित गर्ने सिलहट
–    गियरबारे जानकारी दिने इन्डिकेटर
–    एग्रेसिभ लुक भएको ककपिट र १८ प्रकारको सूचना दिने इन्स्ट्रयुमेन्ट कन्सोल