स्वयंसेविकाहरुलाई सरकारले वास्ता नगरेको गुनासो

Advertise with us


१५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउन गढवा स्वास्थ्य चौकीमा जम्मा भएका अधिकांश स्वयंसेविकाहरुले सरकारी तवरबाट महिला स्वास्थ्य स्वयंसेविकालाई वास्ता नगरिएको बताएका छन् । जिवनभर निशुल्क रुपमा काम गरेका स्वयंसेविकाहरुले ६० बर्ष उमेर पुगेपछि आर्थिक प्रोत्साहन गरेर सम्मानका साथ विदाई गरिनुपर्ने माग पनि राखेका छन् ।

Buddha International Hospital
Advertise with us

गढवा स्वास्थ्य चौकीको आयोजनामा बुधवार भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुले सरकारले प्रोत्साहन स्वरुप पारिश्रमीक दिनुपर्ने कुरामा जोड दिएका हुन ।


जेष्ठ स्वयंसेविका दमयन्ता आचार्यको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले स्थानीय सरकारबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन हुने प्रतिवद्धता जनाउदै ढुक्क भएर सामाजिक कार्यमा खट्न आव्हान गर्नु भएको छ । कार्यक्रममा यसबर्ष उत्कृष्ट योगदान गरेको भन्दै तिलादेवी रजौरे,छायाँ सिंह ठकुरी र नारायणी डाँगी गरि ३ जनालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेल, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, रेडक्रसका देवीप्रसाद प्याकुरेल, होटल ब्यवसायि संघ गढवाका अध्यक्ष दयाराम थापा, अपांग सञ्जालका अध्यक्ष भरत पन्त र नवस्वर्गद्धारी महिला सहकारीका अध्यक्ष रेखा थापा लगायतले बोल्नु भएको थियो ।

हस्पिटलमा नवनियुक्त भएर आउनु भएका एमविविएस डाक्टर भरत पोखे्रलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन महिला स्वास्थ्य स्वयंसेविक सकुन्तला डिसीले गर्नुभएको थियो ।

यसैगरी गंगापरस्पुर, गोबरडिहा र कोइलाबासका स्वास्थ्य चौकीहरुमा पनि राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको गढवा गाउँपालीकाको स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिनुभएको छ ।