मोटरसाइकिल दुर्घटनामा परि एकको मृत्यु दुई घाईते

Advertise with us


मंगलबार राती गढवा गाउँपालिकाको शान्तीपुरमा रा.३प.३६२७ नम्बरको मोटर साईकिल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

Buddha International Hospital
Advertise with us

गढवा ७ शान्तीपुर स्थित कल्भर्ट बाट मोटरसाइकिल खस्दा सवार तिनजना मध्ये एक जनाको ज्यान गएको हो । मृत्यु हुनेमा गढवा ७ मानपुरका २० बर्षिय दिनेश चौधरी रहेका छन् । निजको लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।


घटनामा परि गढवा ७ मानपुर घर भएका १८ बर्षिय रोशन चौधरी र १७ बर्षिय महेश चौधरी घाइते भएका छन् । चौधरीद्धयको खुट्टा भाँचीएको पारिवारीक स्रोतले बताएको छ । उनिहरुको हाल नेपालगञ्मा उपचार भै रहेको बताईएको छ । रातीको समयमा मादक पदार्थ सेवन गरि मोटरुसाइकील चलाएकोले दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई छ ।