स्वयम सेविका दिवस मनाइयो

घोराही, १९ मंसिर । महिला स्वयम सेविकाको निश्वार्थ सेवा, समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने मुल नाराका साथ १५ औ राष्ट्रिय स्वयम सेविका दिवस बुधवार घोराहीमा मनाइएको छ ।

Buddha International Hospital


Advertise with us
घोराही उपमहानगर पालिकाको आर्थिक सहयोगमा स्वमय सेविका महिला संजालले आयोजना गरेको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले स्वयम सेविकाले देशको स्वास्थय क्षेत्रमा पुराएको योगदानको मुल्यांकन गरेन नसकिने बताएका थिए । गाउँगाउँमा रहेको गरिव आमा र बच्चाको स्वास्थ्य सुधारको लागि उनीहरुको भुमिका निकै महत्वपुर्ण रहेको बताएका थिए ।

कार्यक्रममा स्वयम सेविका शान्ता केसीले आफुहरुलाई सरकारले पैसा भन्दा पनि सम्मान दिनुपर्ने बताइन । विगत २०÷२५ बर्ष देखि आफुहरु निरन्तर मातृशिशु स्वास्थ्य सेवामा खटिएको भन्दै उनले आफुहरुको कामको मुल्यांकन गरेर बर्षमा एक पटक एउटा फुलको थुङ्गा दिए पनि आफुहरु खुसीले बाच्ने बताइन ।

स्वयम सेविकास संजाल घोराहीकी अध्यक्ष विना खनालको अध्यक्ष एवम घोराही उपमहानगरपालिकाका जनस्वास्थ्य प्रर्बद्धन समितिका संयोजक खोपीराम चौधरीको प्रमुख आतिथ्यता एवम जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डितको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा स्वयम सेविका विष्णा अर्याल, कार्यपालिका सदस्य शोभाकुमारी पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालयका किशोर आचार्य, वडा नम्वर ५का वडा अध्यक्ष विष्णुमणि दाहाल, वडा नम्वर १३का वडा अध्यक्ष रविलाल घर्ति लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उपमहानगररका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले स्वयम सेविकाको बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सहजिकरण ठाकुर खनालले गरेका थिए ।

Advertise with us