सिडियोले जादाजादै गरे आफ्नो समिक्षा

घोराही, १९ मंसिर । गत २०७४ असार २५ गते दाङ आएर आफ्नो कार्यकाल सुरु गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ अव गोरखा जिल्ला सरुवा भरु जान लागेका छन । जिल्ला छोडेर जानै लाग्दा प्रमुख श्रेष्ठले यहाँका संचारकर्मीहरुलाई भेटेर आफुले आए देखि हालसम्म १७ महिनाको अवधिमा गरेको विभिन्न सामाजिक तथा प्रसासनिक कामको समिक्षा गरेका छन ।

Buddha International Hospital

Advertise with us

उनले यहाँका संचारकर्मीहरुसँगको समन्वयको कारणले आफ्नो जिल्ला वसाइ निकै सुखद भएको भन्दै खुसी समेत व्यक्त गरे ।
भेटघाट कार्यक्रममा बोल्दै पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशनले श्रेष्ठे जिल्लामा निकै राम्रो नेतृत्वदायि र जिम्मेवारी पुर्वक काम गरेको बताए । साथै उनले अव जान लागेको गोरखा जिल्लाका संचारकर्मीहरुले पनि प्रमुख श्रेष्ठको बारेमा राम्रा सामाग्री प्रकाशन प्रसारण गरेको सुन्न चाहेको बताए ।


भेटघाट कार्यक्रममा महासंघका सचिव भुपेन्द्र वली, पत्रकार निमुसंगम घर्ति, बसुन्धरा गौतम, महेश रिजाल लगायतले खानेपानी, विद्युत, बाटो निर्माण लगायतको काममा श्रेष्ठले छिटो छरितो काम गर्न लगायर धेरै विकासका कामहरु सम्पन्न भएको बताएका थिए ।

श्रेष्ठ दाङ आए पछि जिल्ला प्रसासन कार्यालयलाई रंगरोगन गर्ने, कार्यालय वरिपरि फुलवारी निर्माण गर्ने, कार्यालय परिषरमा सरसफाई गर्ने र कार्यालय भित्र सुर्तिजन्य पदार्थ सेवनको लागि मनाइ गर्दै कार्यालयलाई चिटिक्क पारेका थिए । जुन कामको सेवाग्राहीले समेत प्रसंसा गर्दै आइरहेका छन ।

Advertise with us