प्लेकार्ड बोकेर विद्यार्थी नगरप्रमुख केसीसंगै सडकमा उत्रिएपछि

Advertise with us

शिवु खनाल

Buddha International Hospital

देउखुरी, २२ जेठ | रुख रोपौ वातावरण जगाऔँ, आफ्नो घर वरपर सफा राखौँ, स्वच्छ वातावरण स्वच्छ जिवन, लेखेको प्लेकार्ड बोकेर विद्यार्थीहरु नगर प्रमुख केसीसंगै सडकमा उत्रिए । कारण थियो, सरसफाई अभियान निरन्तरर्ता दिन ।

Advertise with us

दिनहुँ सरसफाईले गर्दा चिरिच्याट्ट पर्दै गएको छ, लमही बजार देखि विभिन्न क्षेत्र । यती मात्रै होईन, गाउँ घर देखि लिएर विभिन्न टोल विकास संस्थाहरुले आ–आफ्नो क्षेत्रमा दिनहुँ विभिन्न शिर्षकमा सरसफाई गर्दै आएका छन् । नगर क्षेत्रलाई यती बेला सरसफाईले च्याट्ट पर्न सफल भएको परेको छ लमही नगरपालिका । सरसफाईमा आफ्नो व्यग्लै पहिचान बनाउदै अन्य नगर तथा पालिका भन्दा सरसफाईमा अगाडि र फट्को मार्दै गएको छ दाङको लमही नगरपालिकाले ।

बुधवार विश्व वातावरण दिवसको अवसरमा लमही नगरपालिका पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्र्तगत बजार क्षेत्रमासरसफाई गरिएको छ । पछिल्लाने समय यता दाङको लमही नगरपालिका दिनहुँ सरसफाईका कारण दाङकै पहिलो नगरपालिकामा चिपरिचित हुदै आएको छ । दिनहुँ सरसफाई, स्वच्छ वातावरण, त्यही मात्रै नभएर चारैतिर हरियाली वनको बिचमा रहेको पुरानो लमही बजार क्षेत्र देखि अन्य क्षेत्र अहिले पछिल्लो समय यता सरसफाईमा मौलाउदै गएको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयो ।

सरसफाईबाट पछिल्लो समय यता नगर क्षेत्रको मुहार परिवर्त गराउन सफल भयौँ, देशकै स्वच्छ र सफा वातावरण नगरको रुपमा चिनाउने अभियानमा छौँ, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले भन्नुभयो’–। नगरको बजार क्षेत्र बाट निस्किएको फोहोर र गाउँ घरमा बाट निस्किएका सम्पूर्ण फोहर मैला, सढेगलेका प्लाष्टिकहरु नगरपालिकाबाट विभिन्न शिर्षकमा सरसफाई कार्यक्रमको आयोजना गरि निरन्तर सरसफाई गर्दै आएको नगर प्रमुख केसीले बताउनुभयो ।

दशेकै स्वच्छ र हरियाली वातावरण भएको नगरको रुपमा चिनाउने लमही नगरपालिकाको मुख्य उद्देश्य रहेको लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगिले बताउनुभयो ।

कार्यक्रममा देउखृुरी सामुदायिक सेवा केन्द्रको अध्यक्ष योगमाया शाहि, शिक्षक माधव पौडेल, जिवराज आचार्य, लमही अस्पतालका मे.सु डा. सरोज दर्नाल, लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण लमही नगरपालिका शिक्षा, युवा तथा खेलकुद अधिकृत बासुदेब खनालले गर्नु भएको थियो ।

अस्पताल पसिरमा वृक्षयरोपन

विश्व वातावरण दिवसको अवसरमा लमही नगरपालिकाले लमही अस्पताल परिसर वरपर वृक्षयरोपन गरेको छ । हरियारी वातावरण बनाउने उद्देश्यले लमही अस्पताल परिसर अमला र समिको बोटविरुवा लगाईएको हो ।