दाङमा पाँच वटा चिस्यान केन्द्र, तरकारी तथा फलफुल राख्न सहज


घोराही, २२ जेठ | दाङका विभिन्न स्थानमा पाँच वटा चिस्यान केन्द्र स्थापना गरिएको छ । कृषि उपजलाई लामो समयसम्म जोगाएर राख्नका लागि दाङका पाँच स्थानमा चिस्यान केन्द्र स्थापना गरिएको हो ।

Buddha International Hospital
Advertise with us

घोराहीमा २, तलसीपुरमा १, लमहिमा १ र बंगलाचुली गाउँपालिकामा १वटा चिस्यान केन्द्र स्थापना गरिएका छन् । घोराहीको गोग्ली र ट्राफिक चोक, लमहीको टिकुलीगढ, तुलसीपुर र बंगलाचुलीको लोहारपानीमा चिस्यान केन्द्र स्थापना गरिएका हुन् ।

जिल्लामा स्थापना गरिएका चिस्यान केन्द्रमा ६ हजार ४ सय मेट्रीक टन क्षमता रहेको जनाइएको छ । सबैभन्दा धेरै क्षमता लमहीको टिकुलीगढमा स्थापना गरिएको चिस्यान केन्द्रको रहेको छ । उक्त चिस्यान केन्द्रमा ३ हजार २ सय मेट्रीक टन रहेको छ ।

यस्तै घोराहीको गोग्लीमा स्थापना गरिएको चिस्यान केन्द्रको क्षमता २ हजार ५ सय मेट्रीक टन रहेको छ । यस्तै घोराहीको ट्राफिक चोमा रहेको केन्द्रको क्षमता ५ सय मेट्रीक टन रहेको छ भने तुलसीपुर र बंगलाचुलीमा रहेका चिस्यान केन्द्रको क्षमता समान १÷१ सय मेट्रीक टन रहेको छ ।

पाँच स्थानमा चिस्यान केन्द्र स्थापना भएपछि उत्पादन गरिएका कृषि उपजलाई लामो समयसम्म राख्न सक्ने ब्यबस्था गरिएको छ । चिस्यान केन्द्रका कारण किसानले कृषि उपज सडेर नोक्सान ब्यहोर्ने अबस्था सिर्जना नहुने अपेक्षा गरिएको छ ।