केन्द्रबाट पाँच नम्बर प्रदेशलाई ७ अर्ब ८ करोड बजेट


घोराही, २२ जेठ | आगामी आर्थिक वर्षका लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहमा जाने बजेट २१ अर्ब ३० करोड रुपैयाँले बढेको छ । सात प्रदेश मध्य सबैभन्दा बढि कर्णाली प्रदेशले बजेट पाएको छ ।

Buddha International Hospital
Advertise with us

केन्द्रबाट प्रदेश नम्बर ५ ले ७ अर्ब ८ करोड ५९ लाख बजेट पाएको छ । त्यस्तै सबैभन्दा धेरै कर्णालीले ९ अर्ब ८४ करोड ८३ लाख बजेट पाएको छ ।अर्थ मन्त्रालयको तथ्यांकअनुसार आगामी आवमा तल्ला सरकारहरुलाई विभिन्न शीर्षकमा कूल ४ खर्ब ६४ अर्ब रुपैयाँ केन्द्र सरकारको खाताबाट जानेछ ।

यो रकम चार प्रकारका अनुदान वित्तीय समानिकरण, सशर्त, विशेष र समानिकरण तथा राजस्व बाँडफाँटका माध्यमबाट बिनियोजन हुने होे । चालु आर्थिक बर्षमा ४ खर्ब ४२ अर्ब ७० करोड रुपैयाँ केन्द्रबाट गएको थियो ।

केन्द्रले संघीय संचित कोषमा जम्मा गरेको मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनमा लाग्ने अन्तशुल्कको रकमलाई १५÷१५ प्रतिशतका दरले बाँडफाँट गर्ने प्रावधान छ ।

अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक बर्षमा ७ प्रदेशलाई ४४ अर्ब ५५ करोड रुपैयाँ सशर्त अनुदान जाने छ । चालु आर्थिक बर्षमा यो अनुदान ६३ अर्ब १३ करोड थियो ।।