कांग्रेसले सर्वसम्मतबाट विधान पारित गराउने, पदाधिकारीको संख्या थप्ने

काठमाडौं, १९  मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वसम्मतबाटै विधान पारित गर्ने भएको छ । लामो समयदेखि विधानबारे छलफल तथा बहस भैरहेको थियो । पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकले विधान सर्वसम्मतीमा पारित गर्ने तयारी गरेको एक नेताले जानकारी दिए ।

Blog Post Ad

Blog Post Ad

बरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई खुशी तुल्याउनको लागि पनि सभापति शेरबहादुर देउवाले केही पदाधिकारी थप्ने आन्तरिक तयारी गरेका छन् । आज विहान बसेको दुवै समूहको संयुक्त बैठकमा यस्तो सहमति बनेको स्रोतको दाबी छ ।

एक नेताले भने,‘अहिले केही पदाधिकारी संख्या थप्नेबारे सहमति भएको छ । दुवै नेता बसेर यसबारेमा सहमति गर्नुभएको छ । अहिले उपसभापति र महामन्त्रीको संख्या एक/एक थप्नेपनि सहमति भएको छ । त्यस्तै सह–महामन्त्री ७ वटै प्रदेशमा एक/एक जना थप्ने सहमति भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *