२५ विगाहा क्षेत्रफलमा रंगशाला

Advertise with us


रीता लामा
घोराही, २२ जेठ | घोराही उपमहानगरपालिका वडा नम्वर १६मा रहेको करौती डाडामा करिव २५ विगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकुद रंगशाला बन्न सुरु भएको छ । प्रदेश नम्वर ५को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेलकुद रंगशाला निर्माणको काम थालिएको हो । चालु आर्थिक बर्षमा प्रदेश सरकारको उक्त रंगशाला निर्माणको लागि ५० लाख छुट्याएको छ ।

Advertise with us

Buddha International Hospital

सरकारले दिएको उक्त बजेटलाई घोराही उपमहानगरपालिकाको प्राविधिक सहयोगमा रंगशाला व्यवस्थापन तथा निर्माण समिती बनाएर काम सुरु भएको छ । उपमहानगरपालिकाका इन्जिनियर रामधन श्रेष्ठले दिएको जानकारी अनुसार करौती डाडामा बन्न लागेको बहुउद्देश्य खेलकुद रंगशालामा फुटवलको साथसाथै विभिन्न खेलहरु खेल्नको लागि संरचनाहरु तयार गरिने छ । रंगशला भित्र मात्रै करिव २०० मिटरको लम्वाई र १५०मिटरको गोलाई सहितको मैदान तयार पारिने छ ।

जसमा वरिपरि एथलेटिक्सका खेल हुने छन भने बीचमा फुटवल मैदान तयार हुने छ । नेत्रलाल अभागी बहुउद्देश्य रंगशाला नामाकरण गरेर बनाउन सुरु गरिएको उक्त खेलकुद मैदानको सम्पुर्ण संरचना तयार हुनको लागि करिव २७ करोड लागत लाग्ने अनुमान गरिएको छ । संरचना निर्माणको डिपिआरमा २७ आसपासको लागत लाग्ने प्रस्ताव गरिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो ।

‘अहिले प्रदेश सरकारबाट ५० लाख मात्रै बजेट आएको छ । क्षेत्रफल ठुलो भएको हुदाँ माटो सम्याउन यो बजेट सकिन्छ ।’ उहाँले भन्नुभयो ‘आगामी बर्ष अलि ठुलो बजेट आयो भने निर्माणको काम सुरु हुन्छ ।’

रंगशालाको स्टेडिएम नै ५० देखि ६० हजार दर्शक अट्ने खालको बनाइन लागिएको उहाँले बताउनुभयो । रंगशालाको मास्टर प्लान मै पौडि खेलको लागि स्वीमिङ पुल, टेलटेनिस, कराते, बंसिङ लगायतका खेलको लागि रंगशाला परिषर मै स्टेडिएम बनाउने पनि योजना रहेको छ । त्यस्तै खेलाडीको चेन्जिङ रुप, खेलाडी र कर्मचारीको लागि छुट्ै अफिस समेत बन्ने इन्जिनियर श्रेष्ठको भनाई छ ।

उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी करौती डाडामा बन्ने रंगशाला राष्ट्रिय स्तरको हुने बताउनुहुन्छ । उक्त रंगशाला बन्यो भने यो यहाँको गौरवको खेलकुद मैदान बन्ने उहाँ भनाई छ ।


चालु आर्थिक बर्षको बजेट अनुसारको काम गर्नको लागि रंगशाला निर्माण उपभोक्ता समिती गठन गरि काम गर्न थालिएको उहाँले बताउनुभयो । उपमहानगर रंगशालाको पहिलो चरणको काम गर्नको लागि उपभोक्ता समितीको नेतृत्व र घोराही उपमहानगरपालिकाको प्राविधिक सहयोगमा निर्माण भैरहेको उहाँले बताउनुभयो ।

नेत्रलाल रंगशाला व्यवस्थापन तथा निर्माण समीतिका सचिव नरेन्द्र पुन रंगशालामा चालु आर्थिक बर्षमा परेको ५० लाखको बजेट उपभोक्ता समिती कै नेतृत्वमा रंगशालाको मैदान सम्याउनको लागि खर्च गरिने बताउनुभयो । रंगशाला निर्माणको काम क्रमागत भएको हुदाँ प्रत्येक बर्ष प्रदेश सरकारले बजेट पठाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । घोराहीमा बन्न लागेको रंगशाला बेलझुण्डीमा बनेको भन्दै निकै ठुलो आकारको अंग्रेजी अक्षर यु आकारमा निर्माण हुनेछ । रंगशाला बन्न लागेको जग्गा उपमहानगरले जोगाएर राखेको सार्वजनिक जग्गा हो ।

जिल्ला फुटवल संघका महासचिव समेत रहेको पुनले जिल्लामा यति ठुलो रंगशाला निर्माणको काम सुरु हुनु निकै गौरवको विषय भएको बताउनुभयो । ‘जिल्लामा ठुला रंगशाला नहुदाँ फुटवलको राष्ट्रिय खेल गराउनै मुस्किल हुने गरेको छ ।’ उहाँले भन्नुभयो ‘रंगशाला निर्माण भए पछि अव हामीले जिल्ला मै ठुला खेल खेलाउन सक्र्छौ ।’


अहिले दाङमा गत फागुन महिनामा सम्पन्न राष्ट्रिय खेल खेलाउनको लागि वेलझुण्डीमा रंगशाला निर्माण गरिएको थियो । तर उक्त रंगशाला सानो आकारको छ । जहाँ २ हजार देखि २५सम्म मात्रै दर्शकहरु बसेर हेर्न मिल्ने खालको छ । त्यसकारण पनि जिल्लामा ठुलो रंगशाला जिल्लाको लागि निकै आवश्यक भएको सरोकारवालाहरुले बताउने गरेका छन् ।