धारामा फोहर पानी आउन थालेपछि…

खोलाको पानी पिउन बाध्य स्थानिय

Advertise with us


तुलसीपुर, २२ जेठ ।
पश्चिम दाङको शान्तिनगर—१ र बबई गाँउपालिका—६ का स्थानीय खोलाको पानी पिउन बाध्य भएका छन् । धारामा धमिलो पानी आउन थालेपछि स्थानीय खोलाको फोहर पानी पिउन बाध्य भएका छन् ।

Advertise with us

पञ्चकुले खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गरेको धारामा धमिलो फोहर पानी आउने समस्या देखा परेको हो । धारामा धमिलो पानी आउन थालेपछि उपभोक्तालाई पानको समस्या परेको छ । नजिककै रहेको खानेपानीको मुहान दोजरले बाटो खन्दा समस्या देखा परेको स्थानीयले बताएका छन् ।

Buddha International Hospital

गतसाल पनि यस्तै समस्या आएको तर सरोकारावाला निकायले ध्यान दिन नसकेको स्थानिय ओम प्रकाश डाँगीले बताउनुभयो । गत साल पनि दुसित पानिले गर्दा शान्तिनगरमा झाडा पखाल फैलिएको थियो ।

मोटरबाटो खनेको माटो पानीले बगाएर मुलमा ल्याउदा यस्तो समस्या आएको शान्तिनगर गाउँपालिका वडा नं—१ अध्यक्ष जंगबहादुर पुनले बताउनुभयो । स्थानियको स्वास्थ्यमा गम्भिर असर पानीमा खेलवाड गरेको भन्दै स्थानीय आक्रोसित बनेको प्रेम पुनले जानकारी दिनुभएको छ ।