निती तथा कार्यक्रम माथी सुझाव संकलन


दिप्तीशिखा चौधरी

दंगीशरण जेठ  | प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले थारु समुदायको सस्ंकृती, रहनसहन तथा मटावा र बडघर प्रथालाई कानुनी रुपमा संरक्षण गर्ने बताएका छन् । कानुन बन्ने प्रक्रियामा यसलाई प्रमूख बिषयका रुपमा उठान गर्ने उनले बताए । दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरामा प्रदेशसभा सचिवालयको आयोजनामा आयोजीत जनसरोकार र कानुन निर्माण प्रक्रिया बिषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले यस्तो बताएका हुन् ।

Buddha International Hospital
Advertise with us

थारु जातीको बाहुलयता रहेको प्रदेश न. ५ थारुहरुले नै नेतृत्व गरेको प्रदेश भएकाले थारुहरुको कला र संस्कृती नै हराउँदै गएको प्रती स्वयम थारुहरु नै सजक हुनुपर्ने भन्दै यसलाई अगाडि ल्याउँन थारु अगुवाहरुलाई आग्रह गरे । उनले भने —“कानुनमा थारु समुदायका कुरालाई समेटिनेछ, पूर्खौदेखि चल्दैआएको बडघर प्रथालाई कानुनी मान्यता दिन प्रदेश सभाले थारु अगुवाहरुसंग सुझाव संकलन गर्दैछ, यसका लागि थारु समुदाय नै आफनो सस्ंकार र सस्ंकृतीको बिषयमा बोल्न जरुरी छ । ” यस्तै जिल्ला समन्वय समितीका सभापती जितेन्द्रमान नेपालीले थारु समूदाय मूख्य कुरा भनेको भाषाभाषीको संरक्षण गरेमा राम्रो पक्षलाई बचाउँन सकिने बताए ।

सो अवसरमा प्रदेश नं. ५ का प्रदेशसभा सदस्य डिल्ली चौधरीले यस अघि बर्दियामा थारु समुदायका अगुवासंग सुझाब संकलन गरेको र आज दाङका अगुवासंग सुझाब संकलन गरेको बताए । कार्यक्रममा माननीय अमर बहादुर डांगी क्षेत्री, सरस्वती गौतम, धमकली चौधरी,पुष्पा थरुनीले आफुहरु प्रदेशमा थारुहरुको सवाललाई पेश गर्ने, कानुनमा लागु गर्नेगरी दवाव दिने प्रतीबद्धता ब्यक्त गर्दै अहिलेको समयमा पाश्चात्य संस्कृतीलाई अंगालेर थारुहरुले भूल गरेको बताए । कार्यक्रममा दंगीशरण गाउँपालिका वडा न. ३ का अध्यक्ष पूर्ण बहादुर चौधरीले थारु समुदायको मठ, मन्दिर, चाड पर्व, भेषभुषा संरक्षण गर्नु मुखय कुरा रहेको बताए ।

सो अवसरमा सहभागीहरुले थारु जातहिरुको चाड पर्वमा सरकारी विदा हुनुपर्ने, मठ मनिदर निर्माणका लागि बजेट छुट्याउनुपर्ने,थारुहरुको मटावा, बडघर जस्ता प्रथालाई कानुनमा राख्नुपर्ने,तह अनुशारका प्रतिनीधिहरुले जिम्मेवारी निभाउँनुपर्ने, पछिल्लो समय देखिदै आएको सिकलसेल एनिमीया रोग निर्मूल पार्न भूमिका निर्वाह गर्नुका साथै स्वास्थ्य उपचारका लागि बजेटको ब्यवस्था गर्नुपर्ने,थारु भाषा जगेर्नाका लागि पाठ्यक्रम तयार गर्नुपर्ने , छलफलमा भाग लिन पाउने, मिलमिलाप गराउन पाउने खालको कानुन निर्माण गर्नुपर्ने लगाएतका सुझाव दिएका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य दुर्लभ कुमार पुनले जनसरोकार र कानुन निर्माण प्रक्रिया बिषयक कार्यपत्र प्रश्तुत गरेका थिए । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता तथा प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको प्रमूख आतीथ्यतामा भएको कार्यक्रमको शहजीकरण सचिबालयका सूचना अधिकारी मनोज कुमार पाण्डले गरेका थिए । यस अघि बर्दियामा बैशाख २९ र ३० गते थारु अगुवाहरुसंग ुझाव संकलन तथा अन्तक्र्रिया भएको थियो ।