दंगीशरण राष्ट्रपती रनीङ्ग शिल्ड प्रतियोगिता सुरु


दिप्तीशिखा चौधरी

दंगीशरण जेठ २१ | दंगीशरण गाउँपालिकामा भोली देखि बिद्यालय स्तरीय राष्ट्रपती रनीङ्ग शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । दाङका १० स्थानीय तह मध्ये सबै भन्दा पहिले दंगीशरण गाउँपालिका बाट उक्त प्रतियोगीता आरम्भ हुन लागेको हो । प्रतियोगितामा पूरुष भलीवल, महिला भलीवल, कबड्डी र एथ्लेटिक्स अन्र्तगत १३ ईभेन्ट हुने भएको छ ।

Buddha International Hospital
Advertise with us

प्रतियोगितामा गाउँपालिका अन्र्तगतका ४ वटा सामुदायीक र २ वटा सस्ंथागत गरि जम्मा ६ वटा बिद्यालयका खेलाडि छात्र र छात्राहरुले सहभागिता जनाउँने छन् । प्रतियोगिताको औपचारीक उद्घाटन प्रदेश सभा सांसद धमकली धमकली चौधरी र गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले संयूक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुहुनेछ । भोली देखि शुरु राष्ट्रपती रनीङ्ग शिल्ड प्रतियोगिता २४ गते सम्म चल्नेछ ।

दंगीशरण गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजनामा हुन लागेको प्रतियोगिता बिरेन्द्र मा. वी हेकुलीको प्राङ्गनमा हुने शिक्षा शाखाका उप — प्रमुख अनील के.सीले जानकारी दिनुभएको छ । रनीङ्ग शिल्ड प्रतियोगिता भोली बिहान ७ बजे देखि शुरु हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत आयोजकले जनाएको छ ।।